arrow

अन्ततः एम्बाप्पे पीएसजीमै 

logo
प्रकाशित २०७६ जेठ ७ मंगलबार
mbappe6.jpg

काठमाडौं । अन्ततः फ्रेन्च फुटबल स्टार केलियन एम्बाप्पे घरेलु क्लब पेरिस सेन्ट जर्मेन पीएसजीमै रहने भएका छन् । एम्बाप्पेले लिग वानको प्लेयर अफ द इयर अवार्ड जितेपछि नयाँ परियोजनाको बिषयमा बोलेपछि क्लब छाड्ने सम्भावना देखिएको थियो । 

Paris Saint-Germain have issued a statement insisting that Kylian Mbappe will stay at the club

तर सोमबार राति पीएसजीले आफ्नो क्लबको इतिहासका लागि एम्बाप्पे आउँदो सिजन पनि क्लबमै रहने बताएको छ । पीएसजीले एम्बाप्पेलाई सन् २०२३ सम्मै क्लबमा राख्न खोजेको छ । 

पीएसजीले क्लब र एम्बाप्पेबीच बलियो बन्धन रहेको दावीसहित उनी अर्को सिजन पनि क्लबमै रहने बताएको हो । उनलाई सन् २०१७ मा मोनाकोबाट हस्ताक्षर गराएर पीएसजीले क्लबमा अनुबन्धन गरेको थियो ।

The striker's current contract at PSG runs until 2023 and the club want him to sign a new deal

एम्बाप्पेले पीएसजीमा ८६ खेलमा ५९ गोल गरेका छन् । दुई उपाधि र एक फ्रेन्च कप जितेका छन् । एम्बाप्पे यस सिजनमा लिगमा २८ खेलमा ३२ गोल गर्दै सर्वाधिक गोलकर्ता बनेका छन् । उनले आठ गोलका लागि सहयोग गरेका थिए ।

एम्बाप्पेले च्याम्पियन्स लिगमा ८ खेलमा ४ गोल गरेका थिए भने ५ गोल गर्न सघाएका थिए । कप डे फ्रान्समा उनले ४ खेलमा २ गोल गर्दा ३ गोलका लागि सघाउ पुर्याएका थिए । 

PSG's lack of progress in the Champions League may well be a cause of concern for Mbappe

समग्रमा यो सिजनमा उनले ४२ खेलमा ३८ गोल गरेका थिए भने १७ गोलका लागि एसिस्ट गरेका थिए । 

एम्बाप्पेले आफूले सोच्ने समय आएको भन्दै स्पेनिश क्लब रियाल मड्रिड जान सक्ने संकेत गरेका थिए । 

२० वर्षीय एम्बाप्पेले रुस विश्वकपमा युवा खेलाडीको उपाधि जितेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ