arrow

मोदी सरकार इतिहासमै सबैभन्दा बढी प्रतिशत मतदान गराउन सफल  

logo
प्रकाशित २०७६ जेठ ७ मंगलबार
modi-bangau.jpg

काठमाडौं । भारतको लोकसभा चुनावको इतिहासमा पहिलो पटक सबैभन्दा बढी मतदान भएको छ । गत अप्रिल ११ देखि मे १९ तारिखसम्म भएको मतदानमा ६७.११ प्रतिशत मत खसेको हो । 

यो प्रतिशत ६७ वर्षको लोकसभा चुनावको इतिहासमा बसैभन्दा बढी हो । 

सन् २०१९मा ७ चरणमा भएको मतदानमा ९१ करोड मतदाता रहेका थिए । सन् २०१४ मा ६६.४० प्रतिशत मत खसेको थियो । जहाँ ८३.४ करोड मतदाताको नाम रजिष्टर्ड भएको थियो । 

त्यस्तै २००९ मा ५६.९ प्रतिशत मतदान भएको थियो । सन् १९५१ देखि सुरु भएको मतदानमा अहिलेसम्म सन् १९७१ मा सबैभन्दा कम ५५.२९ प्रतिशत मत खसेको थियो । 

अहिलेको मतदानले मोदीलाई नै प्रधानमन्त्री बनाउने प्रक्षेपण गरिएको छ । विभिन्न एजेन्सी र संस्थाले गरेको एक्जिट पोलअनुसार मोदीको पार्टी भाजपाको गठबन्धनलाई बहुमत प्राप्त हुनेछ । 

यसको नतिजा भने बिहीबार आउने छ । बिहीबार मतगणना हुनेछ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ