arrow

सिद्धूलाई कांग्रेसले कार्वाही गर्ने 

logo
प्रकाशित २०७६ जेठ ७ मंगलबार
siddhu.jpg

काठमाडौं । कांग्रेस नेता तथा मन्त्री नवजोत सिंह सिद्धूलाई कांग्रेसले कार्वाही गर्ने भएको छ । सिद्धूको बयानबाट धेरैजसो मन्त्री उनको विपक्षमा गएपछि उनलाई पार्टीले कार्वाही गर्ने भएको हो । 

पंजाबको मामलामा आशा कुमारी पनि सिद्धूसंग रिसाएसंगै माहोल बिग्रिएको हो । सिद्धूलाई लोकसभा चुनावको परिणाम आएपछि कार्वाही हुने बुझिएको छ । 

सोमबारको मन्त्रिपरिषद बैठकमा मन्त्री सुखजिन्दर सिंह रन्धावा, पृप्त राजिन्दर सिंह बाजवा, साधू सिंह धर्मसोतले सिद्धूको बेतुके बयानबाजीप्रति असन्तुष्टि जनाएका हुन् । 

उनीहरुले कुनै गुनासो भए मन्त्रिपरिषदमै भन्नुपर्ने र बाहिर गएर नाराबाजी गर्नुको अर्थ नभएको बताएका छन् । 

सिद्धूले त्यस्ता व्यक्तिलाई ठोकिदेउ जसले मिलेर काँग्रेसको ढाडमा छुरा घोपेका छन् भनेका थिए । उनले गुरु ग्रन्थ साहिबको पन्जाबी आत्मामा चोट पुगेको र सबै सिख समुदाय आहत भएको भन्दै केही काँग्रेसी नेताकै कारण यस्तो भएको बताएका थिए । 

वन मन्त्री साधु सिंह धर्मसोतले यदि सिद्धूले क्याप्टेनको साथमा काम गर्न सक्दैनन् भने मन्त्री पदबाट राजीनामा दिए हुने बताएका छन् । 

सिद्धू आफ्नी पत्नी डा नवजोत कौर सिद्धूलाई चन्डिगढबाट लोकसभामा कांग्रेसले टिकट नदिएपछि भड्किएको बताइएको छ ।

अन्तिम समयमा आएर कौर सिद्धूको ठाउँमा पूर्व रेल मन्त्री पवन बन्सललाई टिकट दिइएको थियो । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ