arrow

क्यारेबियन प्रिमियर लिगमा चार नेपाली खेलाडीको भाग्य खुल्दैछ बुधबार 

logo
प्रकाशित २०७६ जेठ ८ बुधबार
cpl-t20.jpg

काठमाडौं । क्यारेबियन प्रिमियर लिग सीपीएल टी–२० क्रिकेटको ड्राफ्ट बुधबार लण्डनमा खुल्दै गर्दा चार नेपाली खेलाडीको भाग्यको ढोका खुल्छ कि खुल्दैन भन्ने चासो सर्वत्र छाएको छ । 

आगामी सिजनको सीपीएलका लागि बेलुकी ७ः४५ बजेपछि सुरु हुने ड्राफ्टमा चार नेपालीसहित ५३६ खेलाडीहरुको भाग्य अड्किएको छ । 

यस संस्करणको सीपीएल विश्वकप एक दिवसीय सकिएपछि आगामी जुलाई ११ देखि सुरु हुँदैछ । अगष्ट १६ तारिखसम्म हुने प्रतियोगितामा ६ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

नेपाली खेलाडीको भाग्य–
सीपीएलमा नेपालबाट गत सिजनमा लेग स्पिनर सन्दीप लामिछानेले स्थान बनाइसकेका छन् । सन्दीपले गत सिजनको सीपीएल सेन्ट किट्स एन्ड नाभिस प्याट्रियट्सबाट खेल्दै ५ खेल बाट १०६ रन खर्चेर ७ विकेट लिन सफल भएका थिए ।

दोस्रो पटक ड्राफ्टमा पर्दा उनको नाम सहजै आउने अनुमान गरिएको छ । सन्दीपले त्यसयता थुप्रै प्रोफेसनल खेल खेलेकाले पनि उनी प्राथमिकतामा पर्ने अनुमान गर्न सकिन्छ । 

पहिलो पटक ड्राफ्टमा तीब्र गतिका बलर सोमपाल कामी, अलराउण्डर दिपेन्द्र सिंह ऐरी र ब्याट्सम्यान रोहितकुमार पौडेल अटाएका छन् । 

५३६ खेलाडीबाट कामी, ऐरी र पौडेल अटाउन सम्भव जस्तो नदेखिए पनि भाग्यले कसलाई मैदानमा पठाउँछ त्यसको लेखाजोखा बुधबार रातिसम्म हुने नै छ । 

क्यारेबियन प्रिमियर लिगको ड्राफ्टमा सन्दीपसहित सोमपाल, दिपेन्द्र र रोहितको नाम  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ