arrow

टेरिजा मेले सांसदहरुसंग भनिन् –वन लास्ट चान्स

logo
प्रकाशित २०७६ जेठ ८ बुधबार
theresa-may4.jpg

काठमाडौं । बेलायती प्रधानमन्त्री टेरिजा मे हार मान्ने खालकी प्रधानमन्त्री नभएको स्पष्ट पारेकी छिन् । ब्रेक्जिट सम्बन्धी विषयमा उनले लामो समयदेखि आफ्नो अडानलाई यथावत राख्दै संसदमा सांसदहरुसंग अपील गर्न छाडेकी छैनिन् । 

उनले ब्रेक्जिटको नयाँ सम्झौताको प्रस्तावमा समर्थन गर्न सांसदहरुलाई मंगलबार फेरि अपील गरेकी छिन् । मेले यो प्रस्ताव संसदबाट पारित गर्ने अन्तिम मौका भएको भन्दै आग्रह गरेकी छिन् – वन लास्ट चान्स । 

मेले संसदले युरोपियन युनियनबाट अलग हुने विधेयकको समर्थन गरे ब्रेक्जिटका बारेमा दोस्रो पटक जनमत संग्रह गर्ने मौकासमेत मिल्ने बताएकी छिन् । 

उनले यो महत्वपूर्ण मुद्दामा संसदले सच्चा र इमान्दारीपूर्वक भावनाको काम गर्ने विश्वास व्यक्त गरेकी छिन् । तर उनले पेश गरेको विधेयक तीन पटक संसदले अस्वीकार गरिसकेको छ ।

मेले यसपटक ल्याएको विधेयकमा १० बुँदा थप गरिएकाले निकै फेरबदल भइसकेको दाबी गर्दै सांसदहरुलाई आकर्षण गर्न खोजिरहेकी छिन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ