arrow

ट्रम्पलाई जुत्तावालाको यस्तो सुझाव

logo
प्रकाशित २०७६ जेठ ८ बुधबार
donald-trump1.jpg

काठमाडौं । जुत्ता कम्पनीहरुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चीनसँगको व्यापार युद्ध बन्द गर्न सुझाव दिएका छन् ।

जुत्ता निर्माणको क्षेत्रका विश्वमै नाम कमाएका कम्पनीहरु नाइकी र एडिडास सहितका १७० कम्पनीले यस्तो सुझाव दिएका हुन् । 

उनीहरुले अमेरिका र चीनबीचको जारी व्यापार युद्धको असर उपभोक्तामा भयानक हुने सचेत समेत गराएका छन् । जुत्ता कम्पनीहरुले समाधानको बाटो खोज्न ट्रम्पलाई पत्र लेखेरै आग्रह गरेका छन् ।

उनीहरुले अहिलेको समय व्यापार युद्ध बन्द गर्ने बेला भएको भन्दै ट्रम्पले चिनियाँ सामानमाथिको आयात कर २५ प्रतिशतले बढाउने निर्णय गर्दा त्यसको असर कामकाजी वर्गमा धेरै पर्ने उल्लेख गरिएको छ । 

ट्रम्पले यसबारे प्रतिक्रिया भने दिइसकेका छैनन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ