काठमाडो । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले फागु पूर्णिमा ( होली ) पर्व २०७२ का अवसरमा देशवासीको नाममा शुभकामना व्यक्त गरेका छन् । पौडेलल सत्य माथिको विजय र सवै खाले तिक्तता विर्सिएर मित्रवत व्यवहार गर्न सबैसगँ अग्रह गरे ।
बहुजाति, बहुभाषा, बहुसंस्कृति र विविधताले भरिपूर्ण रहेको नेपालमा मनाईने यसप्रकारका चाडपर्वले आपसमा मित्रता, सदभाव र सहिष्णुता बढाउन मद्धत गर्ने उल्लेख गर्दै वरिष्ठ नेता पौडेलले विभिन्न रङ्गहरु लगाएर उमङ्गका साथ मनाईने होली पर्वले पनि आपसमा प्रेम, सदभाव र मेलमिलाप बढाउन सबैमा प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरे ।
यस्तै वीरगंज काँग्रेसले होली मनाएको छ । मित्रता र आपसी सदभावको पर्व होली सबैले मिलेर मनाऔ भन्दैं केन्द्रिय सदस्य रमेश रिजालले मधेसमा देखिएको सिमांकन लगायतको समस्याको समाधान वार्ताको माध्यमबाट गर्नु पर्ने बताएका छन् ।