arrow

चुनावी नतिजा पूर्व भारतीय बजारमा १ खर्ब ५० अर्ब रुपैयाँको सट्टाबाजी

logo
प्रकाशित २०७६ जेठ ८ बुधबार
chunav-satta.jpg

काठमाडौं । भारतमा केही दिन अघिमात्रै सम्पन्न भएको १७ औं लोकसभा चुनावको मत परिणाम विहीबार सार्वजनिक हुँदैछ । मतदान सम्पन्न भएसँगै आईतबार विभिन्न सञ्चारमाध्यमहरुले चुनावको एक्जिट पोलको नतिजा समेत सार्वजनिक गरिसकेका छन् । जसमा अहिले सत्तामा रहेको भारतीय जनता पार्टी भाजपा नेतृत्वको एनडिए गठबन्धनको २४२ सिटदेखि ३६५ सिटसम्मको नतिजा आकलन गरिएको छ । त्यस्तै, काँग्रेस नेतृत्वको गठबन्धन युपीएको ७७ सिटदेखि १६४ सिट सम्मको आकलन गरिएको छ । यससँगै भारतमा अबैधानिक रुपमा चल्ने सट्टे बजारको माहोल समेत चुलिएको छ । चुनावको समयदेखि नै चल्दै आएको सट्टेबजार र एक्जिटपोल पछि समेत भएको सट्टे बजारले पनि भारतमा भाजपाको पक्षमा माहोल देखाएको छ । 

भारतीय टेलिभिजन च्यानल एवीपी न्युजका अनुसार भारतको कूल ५४२ सिटको समग्र चुनाव, विभिन्न नेताहरुको लागि र प्रान्तमा कुनैपनि पार्टीले ल्याउने सिट संख्यालाई तोकेर पनि सट्टाबाजी चलिरहेको छ । यसरी गरिने सट्टा बजारमा मूल एजेन्टले यति सिटमा यति मूल्यको सट्टा भनेर तोक्ने गर्दछ । सोही आधारमा सट्टा बाजी राख्नेहरुले तोकिएको सिटमा आफ्नो बाजी राख्ने गर्दछन् । सट्टाको लागि न्यूनतम १ लाख रुपैयाँ तोकिएको छ । 

यो सबै सट्टा राख्नेहरुको अनुमानित विवरण जोड्दा १५ हजार करोड अर्थात् १ खर्ब ५० अर्ब भारतीय रुपैयाँको बाजी राखिएको एवीपी न्युजले जनाएको छ । यस पटक विभिन्न पार्टीका चर्चित नेताहरुदेखि बलिउड सेलिब्रेटीहरु काँग्रेसको तर्फबाट सत्रुघ्न सिन्हा, उर्मिला माथुकर र भाजपाका तर्फबाट सन्नी देवल, हेमा मालिनी लगायतको चुनावी मत परिणामलाई लिएर पनि सट्टाबाजीमा लाखौं रुपैयाँ खर्च गरिएको छ । काँग्रेसका नेताहरुमा अध्यक्ष राहुल गान्धी सहितका केही चर्चित नेताहरुको लागि समेत सट्टा राखिएको भएपनि भाजपाका तर्फबाट गृहमन्त्री राजनाथ सिंह, स्मीता ईरानी लगायतका नेताहरुको मतपरिणामलाई लिएर पनि सट्टेबाजी गरिएको छ । यद्यपि, प्रधानमन्त्री नरेन्द्र मोदीका लागि भने सट्टा राखिएको छैन । 

उता, सट्टे बजारले चुनावको मत परिणाम पूर्व नै एनडिएको पक्षमा ३०७ सिट आकलन गरेको छ भने युपीएको पक्षमा १०६ सिट र अन्य दलको पक्षमा १२९ सिट आकलन गरेको छ । यस मध्ये पनि भाजपा एक्लैले २५१ देखि २५४ सिट र काँग्रेस एक्लैले ७४ देखि ७६ सिट मात्रै ल्याउने आकलन गरिएको छ । 

सट्टा बजारमा सिटको आधारमा तोकिने मूल्यलाई सेसनको मूल्य भन्ने गरिएको छ । यो मूल्य अनुसार भाजपाले २०० सिट ल्याउँदा १ लाख रुपैयाँ तिरेको कुनैपनि सट्टा राख्ने व्यक्तिले केवल १ लाख ९ हजार रुपैयाँ मात्रै पाउने देखिएको छ । यो आँकडाले भाजपाको २०० सिट त सजिलै आउँछ भन्ने धेरैको आँकलन रहेको बुझिन्छ । 

त्यस्तै, भाजपाको २२५ सिटको लागि सेसन मूल्य १ लाख ३० हजार तोकिएको छ । यसको अर्थ भाजपाले २२५ सिट ल्यायो भने एक लाख रुपैयाँ सट्टामा राखेको व्यक्तिले १ लाख ३० हजार रुपैयाँ पाउँछ । भाजपाको २६० सिटको सट्टामा सेसन मूल्य साढे २ लाखदेखि ३ लाख रुपैयाँसम्म राखिएको छ । यसको अर्थ भाजपाले २६० सिट ल्यायो भने १ लाख रुपैयाँ राख्नेहरुले साढे २ लाख रुपैयाँदेखि ३ लाख रुपैयाँसम्म पाउने छन् । भाजपाको २७५ सिटको सट्टामा सेसन मूल्य पौने ४ लाखदेखि ४ लाख रुपैयाँ तोकिएको छ । 

अर्काे तर्फ काँग्रेसको ७० सिटको लागि १ लाख ७० हजारको सेसन मूल्य तोकिएको छ । अर्थात् काँग्रेसले केवल ७० सिट ल्यायो भने एक लाख रुपैयाँ तिर्नेले १ लाख ७० हजार रुपैयाँ फिर्ता पाउनेछन् । काँग्रेसको १०० सिटका लागि सेसन मूल्य साढे ३ लाख रुपैयाँदेखि साढे ४ लाख रुपैयाँ तोकिएको छ । यसको अर्थ काँग्रेसले १०० सिट ल्यायो भने १ लाख रुपैयाँ बाजी राख्नेले साढे ३ लाख रुपैयाँदेखि साढे ४ लाख रुपैयाँसम्म पाउने छन् । यसको तात्पर्य भनेको काँग्रेस एक्लैले १०० सिट पुर्याउन धेरै मुस्किल पर्ने सट्टेबाजीहरुको अनुमान हो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ