भारतलाई कटाक्ष : नेपाल–चीनको संयुक्त विज्ञप्ती अाउने

प्रकाशित मिति : २०७२ चैत ८ सोमबार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको जारी चीन भ्रमणका क्रममा चैत १० गते वुधबार दुई देशको संयुक्त विज्ञप्ती जारी हुने भएको छ । प्रधामन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालका अनुसार विज्ञप्तीमा इन्धन आपूर्तिका विषय पनि समेटिने सम्भावना छ । नेपाल र चीनबीच सोमबार दशबुँदे सम्झौता भइसकेको छ । 
 
यसअघि फागुन ७ बाट भारतको औपचारिक भ्रमण गरेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकातर्फबाट संयुक्त विज्ञप्ती जारी हुन सकेको थिएन । कुटनितिज्ञले चीन भ्रमण सफल भएको बताइरहेका बेला नेपाल–चीनको संयुक्त विज्ञप्ती जारी हुनेभएपछि छिमेकी भारतलाई कटाक्ष गरे झैं हुनेछ । 

ईआइसिटी नेपाल प्रालिद्धारा संचालित हाम्राकुरा डटकममा प्रकाशित कुनै पनि सामाग्री ईआइसिटी नेपालको पूर्व जानकारी विना हुवहु एवं आंशिक रुपमा समेत कपी गरि प्रकाशन गर्नु दण्डनीय छ। यस किसिमका कार्य गर्ने उपर ईआइसिटी नेपाल कानुनी उपचार खोज्न बाध्य हुने भएकाले सम्बन्धित सवैलाई सचेत हुन जानकारी गराइन्छ।

नयाँ