arrow

मतगणना लगत्तै बिहीबार भारतमा भड्किलो हिंशाको आशंका, सबै प्रदेशमा 'हाइ अलर्ट'

logo
प्रकाशित २०७६ जेठ ८ बुधबार
delhi-police.jpg

नयाँ दिल्ली । इलेक्ट्रोनिक भोटिङ्ग मेसिनलाई लिएर सुरु भएको यूपीए लगायत सरकारमा नरहेका दलहरुको विरोधलाई लिएर बिहीवार काउन्टिङ्गको दौरान हिंसाको आशंका गरिएको छ । यही आशंकाका कारण भारतको गृह मन्त्रालयले सबै राज्यमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ ।

बिहीबार विहान ८ बजेदेखि हरेक प्रदेशहरुमा चुनावी मतगणना सुरु हुँदैछ । यसका अलावा, ती स्थानहरुमा राजनीतिक दलहरुले हिंसा भड्काउने खालको बयान दिएका कारण सुरक्षा चुनौति थपिएको सरकारको ठहर छ । यसैलाई मध्येनजर गर्दै केन्द्रले सबै राज्यहरुसँग काउन्टिङ्ग स्थल र ईवीएम स्ट्रङ्न्ग रूम्सको सुरक्षा बढाउनको लागि पर्याप्त कदम उठान आग्रह गरेको छ । 

गृह मन्त्रालयले भोलि काउन्टिङ्गको दिन देशको अलग-अलग हिस्सामा हिंसा भड्किने आशंका गरेको हो । यही आशंकाका कारण सबै राज्यका मुख्य सचिव र प्रहरी प्रमुखलाई सचेत गराइएको हो । मन्त्रालयले राज्य र केन्द्रशासित प्रदेशले कानून र व्यवस्थालाई शान्त बनाइ राख्न भनेको छ । यसका अलावा राज्य र केन्द्रशासित प्रदेशहरुबाट स्ट्रङ्ग रूम्स तथा काउन्टिङ्ग सेन्टरहरुको सुरक्षा बढाउनको लागि पर्याप्त कदम उठाउनको लागि आग्रह गरिएको छ । कैंयौं नेताहरुले हिंसा भड्काउने बयान दिएका कारण मतगणनाको दिन अव्यवस्था या गडबडी हुन सक्ने आकलन गरिएको हो । 

मंगलबार पूर्व केन्द्रीय मन्त्री र राष्ट्रिय लोक समता पार्टीको अध्यक्ष उपेन्द्र कुशवाहाले एकदमै भड्काउ बयान दिएका छन् । ईवीएमद्वारा कथित छेडछाड र कथित स्वीपिङ्गलाई लिएर कुशवाहाले भनेका थिए 'यदि यसरी जवर्जस्ती मतगणना गरिन्छ भने सडकमा रगत बग्न सक्छ ।' उनले यो पनि भनेका थिए 'यदि हतियार उठाउन जरूरत पर्यो भने मानिसहरु हतियार उठाउन पनि तयार छन् ।' यसका अलावा, सोशल मिडियामा समेत केही अराजक र भड्किला तत्वहरुले हिंसा भड्काउनेवाला पोस्ट शेयर गरिरहेका छन्। केहीमा त मानिसहरुले ईवीएमबाट परिणाम घोषणासँगै आन्दोलनमा उत्रिन समेत कार्यकर्तालाई आह्वान गरेका छन् ।

लोकसभाको चुनाव ११ अप्रिलदेखि १९ मेसम्म ७ चरणमा सम्पन्न भएको थियो । पश्चिम बंगाललाई छाडेर ज्यादा भन्दा ज्यादा राज्यहरुमा चुनाव शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । सबै एग्जिट पोल्समा एकपटक फेरि एनडीए सरकार आउने भविष्यवाणी गरिएको छ । बिहीबार यही चुनावको मतगणना हुँदैछ । तर त्यसभन्दा पहिले यूपीए गठबन्धन सहित सत्तामा नरहेका दलहरुले ईवीएममा प्रणालीमा छेडछाड गरेको आरोप लगाएका छन् । विपक्षले मत गणनाको क्रममा सबै मतको पर्ची रुजु गर्नको लागि चुनाव आयोगसँग माँग गरेको थियो । जसलाई आयोग ले खारेज गरिदिएको थियो । 

यस भन्दा पहिले, विपक्षी दलहरुले सुप्रीम कोर्टसँग काउन्टिङ्गको दिन ५० प्रतिशत भीभीपिएटी पर्चीहरु गनेर ईवीएममा भएको भोटसँग मिलान गर्न माग गर्दै आएका छन् । सुप्रीम कोर्टले समेत यस मागलाई खारेज गरिदिएको थियो । मंगलवार २२ विपक्षी दलले चुनाव आयोगसँग भेटघाट गरेर काउन्टिङ्गको दिन ईवीएममा मिलान गरेर भोटको गणना भन्दा पहिले हरेक एसेम्ली सेगमेन्टको ५ भीभीपीएटी पर्चीहरुको इभीएममा परेको भोटसँग मिलान गर्न माग गरिएको छ । आज आयोगले यस मागलाई पनि अस्वीकार गरिदिएको थियो । विपक्षले चुनाव आयोगसँग यदि एक मात्रै बुथमा इभीएममा मिलान गरिएको भोट र भीभीपिएटी पर्चीहरुको काउन्टिङ्ग मिल्यो भने सम्बन्धित विधानसभाको सबै पर्चीहरु गन्नु पर्ने माग पनि गरेको छ। 

सुप्रीम कोर्टले चुनाव आयोग काउन्टिङ्गको दौरान हरेक लोकसभा क्षेत्रको प्रत्येक एसेम्ली सेगमेन्टको एकको साँटो ५ बुथको वीवीपेट पर्चीहरुको इवीएमसँग मिलानको निर्देश दिएको थियो ।

नवभारत टाइम्सबाट साभार



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ