arrow

भारतको मतगणनामा भाजपा गठबन्धन निकै अगाडि

logo
प्रकाशित २०७६ जेठ ९ बिहिबार
vote-count.jpg

काठमाडौं । भारतमा लोकसभा निर्वाचनको मतगणना बिहीबार बिहान ८ः१५ बजेदेखि सुरु भएको छ ।

मतगणनाको प्रारम्भिक मतगणना अनुसार भारतीय जनता पार्टी भाजपाको संयुक्त गठबन्धन एनडीए निकै अगाडि रहेको छ । 

एनडीएले प्रमुख प्रतिपक्षी दल काँग्रेसको गठबन्धन युपीए भन्दा निकै अगाडि हेको छ । 

मतगणना सुरु भएको १५ मिनेटकै अवधिमा ५४२ सिटमध्ये भाजपा गठबन्धन १४० सिटमा अगाडि रहेको छ भने काँग्रेस गठबन्धन केवल ४६ सिटमा मात्र अगाडि छ । 

सपा र बसपा सहितका अन्य दल ४६ सिटमा अगाडि रहँदा तृणमुलले खाता खोलेको छैन ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ