arrow

मोदीलाई ट्रिपल सेन्चुरी, राहुल गान्धी पछाडि

logo
प्रकाशित २०७६ जेठ ९ बिहिबार
modi-rahul1.jpg

काठमाडौं । भारतमा लोकसभा निर्वाचनको मतगणना जारी रहेको छ । ५४२ सिटमध्ये मतगणनाको प्रारम्भिक गणना अनुसार भारतीय जनता पार्टी भाजपाको संयुक्त गठबन्धन ३३६ सिटमा अगाडि रहेको छ । 

काँग्रेस गठबन्धनको युपीए ९६ सिटमा अगाडि रहेको छ । अन्य सिटमा ११० रहेको छ । 

राहुल गान्धी पछाडि 
अमेठीबाट चुनाव लडिरहेका काँग्रेस अध्यक्ष राहुल गान्धी बीजेपीकी स्मृति इरानीभन्दा ६००० मतले पछाडि रहेका छन् । 

उनको पार्टी पछाडि रहेका बेलामा आफू नै पछाडि परेका हुन् । सुरुआती गणनामा राहुल अगाडि रहे पनि त्यसपछि निरन्तर राहुल पछाडि परेका हुन् । 

यसअघी २०१४ मा सोहि क्षेत्रबाट स्मृतीलाई १ लाख भन्दा बढी मतले हराउँदै गान्धीले विजय हासिल गरेका थिए ।

उत्तर प्रदेशमा अमेठी र रायवरेली गान्धी परिवार र कांग्रेसको पकड क्षेत्र मानिदै आएको छ ।

गान्धी फेरि अघि

स्थानिय १० बजेको मतगणनाको परिणाम अनुसार फेरि गान्धी अघी देखिएका छ्न् । उनी १७०० मतले फेरि अघि देखिएका हुन् ।

फेरि स्मृती अघी

मध्यान्ह १२ बजेको मतगणना अनुसार फेरि स्मृती ५ हजार ४ सय मतले अघी भएकी छिन् ।

केरलमा गान्धी अघी

केरलमा भने गान्धी अघी छ्न् । उनले यसपटक २ निर्वाचन क्षेत्रबाट चुनाव लडेका छ्न् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ