arrow

मोदीलाई बहुमत, व्यक्तिगततर्फ मोदी अगाडि राहुल पछाडि

logo
प्रकाशित २०७६ जेठ ९ बिहिबार
modi-rahul2.jpg

काठमाडौं । भारतमा लोकसभा निर्वाचनको मतगणना जारी रहेको छ । ५४२ सिटमध्ये मतगणनाको प्रारम्भिक गणना अनुसार भारतीय जनता पार्टी भाजपाको संयुक्त गठबन्धनले अग्रतामा बुहमत ल्याएको छ ।

५४२ मध्ये २७२ सिट ल्याउनु पर्नेमा भाजपा गठबन्धनले ५११ सिटमा भइरहेको गणनामै बहुमत ल्याएको हो । 

भाजपाको एनडीए गठबन्धनले २७८ सिटमा अग्रता लिएको छ । 

काँग्रेस गठबन्धनको युपीए १२० सिटमा अगाडि रहेको छ ।  अन्य सिटमा ११३ रहेको छ । 

मोदी अगाडि राहुल पछाडि 
वाराणसीबाट चुनाव लडिरहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ११ हजार मत सहित अगाडि रहेका छन् । 

तर अमेठीबाट चुनाव लडिरहेका काँग्रेस अध्यक्ष राहुल गान्धी बीजेपीकी स्मृति इरानीभन्दा २००० मतले पछाडि रहेका छन् । 

उनको पार्टी पछाडि रहेका बेलामा आफू नै पछाडि परेका हुन् । सुरुआती गणनामा राहुल अगाडि रहे पनि त्यसपछि निरन्तर राहुल पछाडि परेका हुन् । 

केरलमा भने राहुल अगाडि रहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ