मोदीलाई बहुमत, व्यक्तिगततर्फ मोदी अगाडि राहुल पछाडि
प्रकाशित २०७६ जेठ ९ बिहिबार
591
Shares
काठमाडौं । भारतमा लोकसभा निर्वाचनको मतगणना जारी रहेको छ । ५४२ सिटमध्ये मतगणनाको प्रारम्भिक गणना अनुसार भारतीय जनता पार्टी भाजपाको संयुक्त गठबन्धनले अग्रतामा बुहमत ल्याएको छ ।
५४२ मध्ये २७२ सिट ल्याउनु पर्नेमा भाजपा गठबन्धनले ५११ सिटमा भइरहेको गणनामै बहुमत ल्याएको हो ।
भाजपाको एनडीए गठबन्धनले २७८ सिटमा अग्रता लिएको छ ।
काँग्रेस गठबन्धनको युपीए १२० सिटमा अगाडि रहेको छ । अन्य सिटमा ११३ रहेको छ ।
मोदी अगाडि राहुल पछाडि
वाराणसीबाट चुनाव लडिरहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ११ हजार मत सहित अगाडि रहेका छन् ।
तर अमेठीबाट चुनाव लडिरहेका काँग्रेस अध्यक्ष राहुल गान्धी बीजेपीकी स्मृति इरानीभन्दा २००० मतले पछाडि रहेका छन् ।
उनको पार्टी पछाडि रहेका बेलामा आफू नै पछाडि परेका हुन् । सुरुआती गणनामा राहुल अगाडि रहे पनि त्यसपछि निरन्तर राहुल पछाडि परेका हुन् ।