arrow

प्रदेश ५ को नीति तथा कार्यक्रम आउँदै

logo
प्रदीप आचार्य, 
प्रकाशित २०७६ जेठ ९ बिहिबार
pradesh5.jpg

बुटवल । प्रदेश नम्बर ५ को नीति कार्यक्रम बिहीबार प्रदेश सभाको बैठकमा प्रस्तुत हुँदैछ । 

बिहीबार दिउँसो ३ बजे बोलाइएको प्रदेश सभाको बैठकमा प्रदेश प्रमुख उमाकान्त झाले प्रदेश सरकारको आर्थिक वर्ष २०७६–०७७ को लागि नीति तथा कार्यक्रम पेश गर्ने कार्यसूची रहेको छ । 

मन्त्री परिषदको मंगलबार बसेको बैठकले नीति तथा कार्यक्रम पारित गरी प्रदेश प्रमुख उमाकान्त झालाई नीति कार्यक्रम वाचनका लागि अनुरोध गर्ने निर्णय गरेको थियो। 

आगामी आर्थिक वर्षको नीति कार्यक्रममा चालु आर्थिक वर्षमा समावेश भएका कार्यक्रमलाई निरन्तरता दिनुका साथै प्रदेश योजना आयोगले तयार पारेको आवधिक योजनाका आधारमा कार्यक्रमहरु  समेटिने बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ