arrow

केरलामा राहुल १ लाख मतले अघि, अमेठीमा स्मृति भन्दापछि

logo
प्रकाशित २०७६ जेठ ९ बिहिबार
rahul-gandhi2.jpg

काठमाडौं । भारतीय काँग्रेसका अध्यक्ष राहुल गान्धी केरलमा भारी मतले अघि लागेका छन् । आफ्ना निकटतम प्रतिस्पर्धीसँग केरलको वायनाडबाट १ लाख मतले अघि परेका राहुल अमेठीमा भने केन्द्रीय मन्त्री स्मृति इरानीले भन्दा पछि छन् । यसभन्दा पहिले राहुल गान्धी केरलामा १३ हजार मतले अघि थिए भने अमेठीमा ७ हजार मतले मात्रै पछि थिए । केरलमा कांग्रेस पार्टी १५ सीटमा अग्रता हाँसिल गरेको छ ।

केरलाको कूल २० सीटको मतगणनामा कांग्रेस १५ सिटमा अघि छ । त्यहाँ इन्डियन मुस्लिम लिगको २, केरल कांग्रेस र आरएसपी १-१ सीटमा अघि छन् । उत्तर प्रदेशको अमेठी लोकसभा सीटमा कडा टक्कर भइरहेको छ । यहाँ लगातार आँकडा बदलिँदै आएको छ ।

चुनाव आयोगबाट प्राप्त जानकारी अनुसार बीजेपीकी स्मृति इरानीले कांग्रेस अध्यक्ष राहुल गान्धीलाई करिब ४४०० भोटले पछि पारेकि छिन् । अन्तिम अपडेट मिल्दासम्म स्मृतिले ४३ हजार ३३ मत ल्याउँदा राहुल गान्धीले ३८ हजार ६१५ भोट ल्याएका छन् । शुरुआती मत गणना अनुसार स्मृतिले राहुलमाथि ७ हजारसम्मको अन्तर कायम गरेकि थिइन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ