इजरायली प्रधानमन्त्री नेतान्याहुले मोदीलाई हिन्दी भाषामा दिए बधाई
प्रकाशित २०७६ जेठ ९ बिहिबार
559
Shares
काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नतिजा आउनु पूर्व नै बधाई दिएका छन् । नेतान्याहूले इजरायली प्रधानमन्त्रीको आधिकारिक ट्वीटर ह्याण्डल र आफ्नो व्यक्तिगत ह्याण्डलबाट समेत हिन्दी भाषामा मोदीलाई बधाई दिएका हुन् ।
बधाई दिँदै नेतान्याहुले भारत र इजरायलबीच भातृत्व र आपसी मेलमिलापलाई अझ प्रगाढ बनाउने सहयोग पुग्ने अपेक्षा पनि गरेका छन् । उनले ट्वीटरमा लेखेका छन्। मेरा मित्र नरेन्द्र मोदी, तपाईको प्रभावशाली चुनावी जीतका लागि हार्दिक बधाई १ यो चुनावी नतिजाले एकपटक फेरि दुनियाँको सबैभन्दा ठूलो लोकतन्त्रमा तपाईंको नेतृत्वलाई सावित गर्दछ । हामी साथ मिलेर भारत र इजराइलकोबीच जारी घनिष्ट मित्रतालाई निरन्तरता दिइने छ । एकदमै मेरो साथी ।