arrow

कम्युनिष्ट नेता कनैया कुमार १ लाख ६६ हजार मतले पछाडि

logo
प्रकाशित २०७६ जेठ ९ बिहिबार
kanhaiya-kumar.jpg

काठमाडौं । भारतीय कम्युनिष्ट पार्टीबाट लोकसभा उम्मेदवार कनैया कुमार १ लाख ६६ हजार मत अन्तरले पछि परेका छन् । जवाहरलाल नेहरु विश्व विद्यालयबाट विद्यावारिधि गरेका कनैयाले चुनाव चित्ने बारेमा भारतमा भन्दा पनि बढी नेपालमा चर्चा बढी चल्ने गरेको थियो । 

विशेषगरी नेपाली कम्युनिष्ट विचारधाराका लेखकहरुले उनको पक्षमा राष्ट्रिय दैनिकमा धेरै लेखहरु समेत छपाएका थिए । दिउँसो २ः४० सम्मको चुनावी नतिजालाई आधार मान्दा भारतीय जनता पार्टीका उम्मेलवार गिरिराज सिंहले २ लाख ९८ हजार मत ल्याउँदा कनैयाले भने केवल एक लाख ३१ हजार मत मात्रै ल्याएका छन्  । 

भारतीय कम्युनिष्टहरुको यो चुनावमा निकै शर्मनाक हारको सम्भावना देखिँदै गर्दा चर्चामा रहेका नेता कनैयाको पनि स्थिति अरुको भन्दा सुधारिन नसकेको देखिएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ