arrow

सनी देवलको आमा छोरा नै भारी मतले अगाडि

logo
प्रकाशित २०७६ जेठ ९ बिहिबार
hema-sanni.jpg

काठमाडौं । भारतको लोकसभा चुनावमा भारतीय जनता पार्टीको तर्फबाट उम्मेदवार बनेका सन्नी देवल र उनकी सौतेनी आमा हेमा मालिनीले भारी मतले अग्रता हासिल गरेका छन् ।

बिहीबार जारी मत गणनामा दुबै आमा छोराले दिउँसो ३ बजेसम्मको मत परिणाम अनुसार ५० हजार भन्दा बढी मत अन्तरले आफ्ना निकटतम प्रतिस्पर्धीलाई पछि पारेका हुन्।

गौरदासपुर निर्वाचन क्षेत्रबाट चुनाव लडेका सन्नी देवलले १ लाख ९१ हजार मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी भारतीय काँग्रेसका सुनिल कुमार जाखारले १ लाख ४२ हजार मत ल्याएका छन् ।

त्यस्तै, उत्तरप्रदेशको मथुराबाट चुनाव लडेकी हेमा मालिनीले १ लाख २६ हजार मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी कुँवर नरेन्द्र सिंहले ६१ हजार मत मात्रै ल्याएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ