arrow

जीतको सम्भावना बढी भएपछि मोदीको आयो ८ शब्दको नयाँ नारा

logo
प्रकाशित २०७६ जेठ ९ बिहिबार
modi-varabnasi.jpg

काठमाडौं । भारतीय प्रधानमन्त्रीले जारी लोकसभा चुनावको मत गणनामा भारतीय जनता पार्टी नेतृत्वको एनडीएको पक्षमा बहुमत आउने सम्भावना बढी देखेपछि खुशी हुँदै नयाँ नारा ल्याएका छन् । २०१४ को चुनावमा पनि मतपरिणाममा आफ्नो जीत हुने सम्भावनासँगै भारतले जित्यो भन्दै अव खुशीका दिन आउनेछन् भन्ने नारा ल्याएका मोदीले आगामी ५ वर्षको लागि पनि नयाँ नारा तय गरेका हुन् । 

बिहीबार आफ्नो आधिकारिक ट्वीटर ह्याण्डलबाट ट्वीट गर्दै प्रधानमन्त्री मोदीले ुसबैको साथ ं सबैको विकास ं सबैको विश्वास . विजयी भारतु नामको नारा ल्याएका छन् । एनडिएको पक्षमा स्पष्ट बहुमत आउने भएपछि नेपाल इजरायल लगायत विभिन्न देशका प्रधानमन्त्रीहरुले अग्रिम रुपमा मोदीलाई बधाई दिईसकेका छन् । 

भाजपाले पनि आधिकारिक घोषणा पूर्व नै साँझ ५ बजे भापजा केन्द्रीय कार्यालयमा भेला भएर खुशियाली बाँड्ने भएको छ । आफ्नो निर्वाचन क्षेत्रमा पनि मोदी निकटतम प्रतिस्पर्धी भन्दा ४ लाख भन्दा बढीले अघि छन् । 
 

सबका साथ + सबका विकास + सबका विश्वास = विजयी भारत

Together we grow.

Together we prosper.

Together we will build a strong and inclusive India.

India wins yet again! #VijayiBharat

— Chowkidar Narendra Modi (@narendramodi) May 23, 2019

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ