arrow

उर्मिलाको चुनावमा चलेन जादु, पराजयको संघारमा

logo
प्रकाशित २०७६ जेठ ९ बिहिबार
urmila2.jpg

काठमाडौं। भारतीय अभिनेत्री उर्मिला मातोन्डकर पराजयको संघारमा पुगेकी छन् ।  कांग्रेस आइकातर्फबाट चुनाव लडेकी उर्मिलाले समाचार तयार पार्दासम्म १ लाख ७६ हजार भोट ल्याएकी छन्  भने उनका प्रतिस्पर्धा भारतीय जनता पार्टीका नेता गोपाल शेट्टिले ५ लाख ३८ हजार ल्याएका छन् ।

बिहीबार जारी मत गणना अनुसार  मतदानको कुल मत मध्ये  शेट्टिले ७२.२ प्रतिशत पाएका छन् । उर्मिलाले २३.७ प्रतिशत पाएकी छन् । बलिउडकी रंगिला गर्ल उर्मिला लोकसभा चुनावमा उर्मिला उत्तरी मुम्बईबाट उम्मेदवार बनेकी हुन्  ।

मातोन्डकरको प्रतिस्पर्धा सोहि क्षेत्रबाट जितेका भाजपा सांसद गोपाल शेट्टीसँग भएको हो । शेट्टीले २०१४ मा मोदी लहरका कारण सो सीटमा संजय निरूपमलाई हराएका थिए ।

अघिल्लो चुनावमा सो क्षेत्रमा कांग्रेसका संजय निरूपम चुनावी मैदानमा उत्रिएका थिए । निरूपमले भाजपाका सांसद गोपाल शेट्टीसँग भारी मतान्तरले हारेका थिए ।

उर्मिला केटाकेटीदेखि नै महात्‍मा गान्धी, पण्डित जवाहर लाल नेहरू र सरदार वल्‍लभ भाई पटेलको विचारोले प्रभावित गरेको भन्दै कांग्रेसमा प्रवेश गरेकी थिइन् । साथै उर्मिला बाकी जीवन राजनीतिमै रहने बताएकी छन्।



नयाँ