arrow

घरमा सुनकै छानो हुनेले पनि जित्न सकेनन् लोकसभा चुनाव 

logo
प्रकाशित २०७६ जेठ ९ बिहिबार
scindia-mahal.jpg

काठमाडौं । माननीय पदमा पुग्नको लागि सम्पत्ति मात्रै पर्याप्त हुँदैन भन्ने कुराको प्रमाणित भारतीय लोकसभा चुनावको एउटा सिटले गरेको छ । जहाँ घरको भित्तामा सुनबाटै रंगरोगन गरिएको र धुरीमा समेत सुन राखिएको त्यति सम्भ्रान्त परिवारका उम्मेदवारले पनि चुनाव जित्न नसक्ने भएका हुन् । 

लोकसभा चुनावको बिहीबार भएको चुनावी मत परिणामको क्रममा सुरुदेखि नै दोस्रो स्थानमा रहेका स्व माधवराव सिंधियाका छोरा ज्योतिरादित्य सिंधियाले चुनाव जित्ने सम्भावना अत्यन्तै कम देखिएको छ । साँझ ५ बजेसम्मको जानकारी अनुसार सिंधिया झण्डै सवालाख मतका साथ पछि रहेका छन् । अब मत गणना अन्त्य हुने स्थितिमा रहेकोले उनले चुनाव जित्ने सम्भावना अत्यन्तै कम रहेको बताईएको छ । 

उनी भन्दा अघि रहेका भारतीय जनता पार्टीका उम्मेदवार कृष्णपाल सिंहले ४ लाख ८६ हजार मत ल्याउँदा सिंधियाले केवल ३ लाख ७६ मत ल्याएका छन् । भाजपाबाट राजस्थानका पूर्व मुख्यमन्त्री वसुन्धरा राजे सिन्धियाका भतिजा एवं कांग्रेसका वरिष्ठ नेता समेत रहेका स्व माधवराव सिंधियाका छोरा हुन् ज्योतिरादित्य सिंधिया । लोकसभा चुनावको छैठौं चरणमा सबैभन्दा धनी उम्मेदवारको रुपमा समेत चिनिएका थिए । उनी मध्य प्रदेशको गुनाबाट सांसदका उम्मेदवार हुन्।

सिंधियासँग पैतृक सम्पत्तिमा ४० एकडमा फैलिएको ग्वालियरको जय विलास दरबार रहेको छ । यस महलको वैभव पूरा भारतमा फैलिएको छ । यसको भित्तामा सुनको पेन्टिङ गरिएको छ । राजसी वैभवबाट भरिएको यस महलमा भोजन बाँड्नको लागि चाँदीबाट बनेकफ ट्रेन चल्दछ । 

महलको निर्माण १८७४ मा जीवाजी राव सिंधियाले गराएका थिए । लेफ्टिनेन्ट कर्नेल सर माइकल फिलोजले डिजाइन तयार गरेका थिए सो भवनको । महलको छतमा पनि सुन लगाइएको छ । यसको ४० वटा कोठामा अहिले म्युजियम छ । दरबारमा रोयल दरबार हल समेत छ । जुन १०० फिट लामो ९ ५० फिट चौडा र ४१ फिट उचाईको छ । यसको छतमा १४० वर्यदेखि नै ३५०० किलोको दुइवटा झुमर टाँगिएको छ । यसले टाँग्नको लागि इन्जिनियरहरुले छतमा १० हात्तिलाई ७ दिनसम्म त्यहाँ तल उभ्याएर राखेका थिए । 

यी झूमरहरुलाई बेल्जियमका कारिगढहरुले बनाएका थिए । दरबारको डाइनिङ्ग हलमा चाँदीको ट्रेन छ । जसमा खाना बाँड्ने गरिन्छ । १२ लाख ४० हजार ७७१ वर्ग फिटको क्षेत्रमा महल फैलिएको छ । मानिन्छ कि जुन समय यस महलको निर्माण गरिएको थियो । त्यतिबेला यसको मूल्य १ करोड रुपैयाँ थियो । आज यस विशाल र आकर्षक महलको मूल्य मात्रै अर्ब भन्दा बढी छ । 

जयविलास दरबारका अलावा सिंधियासँग महाराष्ट्रमा श्रीगोडामा १९ एकड र लिम्बन गाउँमा ५३ एकड जमिन छ। यसका साथ रानी महल, हिरनवन कोठी, रकेट कोर्ट, शान्तिनिकेतन, सानो विश्रान्ति, विजय भवन, पिकनिक स्पट, बुट बंगला, रेलवे क्यारेज घण्टी घर, इलेक्ट्रिक पावर हाउस रोशनी घर आदि सम्पत्ति रहेको छ । 

यी सम्पत्तिहरुको बजार मूल्य २ अर्ब ९७ करोड रुपये हुन आउछ । सिंधियाले आफ्नो शपथ९पत्रमा बताएकी उनीसँग ३ करोड १ लाख ८७ हजार रुपैयाँ भन्दा बढी एफडीआर, र ३ करोड ३३ लाख रुपये चल सम्पत्ति छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ