arrow

उत्तरी दिल्लीमा गौतम गम्भीर १ लाख ५७ हजार मतले अगाडि

logo
प्रकाशित २०७६ जेठ ९ बिहिबार
gautam-gambhir1.jpg

काठमाडौं । उत्तरी दिल्लीको सिटमा भारतीय जनता पार्टीको तर्फबाट उम्मेदवार बनेका क्रिकेटर गौतम गम्भीर भारी मतले अगाडि लागेका छन् । विहीबार जारी मतगणनामा उनी निकटतम प्रतिस्पर्धीको भन्दा १ लाख ५७ हजार मतले अगाडि लागेका हुन् । 

गम्भीरले कूल ३ लाख १० हजार मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी अरविन्दर सिंहले एक लाख ५३ हजार मत ल्याएका छन् । उनी भारतीय काँग्रेसको तर्फबाट उम्मेदवार बनेका हुन् । 

भारतको लोकसभा चुनावमा भारतीय जनता पार्टीका उम्मेदवारहरुको व्यापक जीत भईरहेको बेलामा गम्भीरले पनि आफ्ना प्रतिद्वन्द्वीसँग फराकिलो मतान्तर कायम राखेका छन् ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ