arrow

गृहजिल्लाका हुरी पीडितलाई सांसद चौधरीद्वारा जस्तापाता सहयोग

logo
प्रकाशित २०७६ जेठ ९ बिहिबार
jasta-sahayog.jpg

काठमाडौं । नवलपुरको देबचुली नगरपालिकाका हुरी पीडितलाई चौधरी फाउण्डेशनले एक सय बण्डल जस्तापाता सहयोग उपलब्ध गराएको छ । नेपाली काँग्रेसका सांसद एवं चौधरी फाउण्डेशनका अध्यक्ष विनोद चौधरीले आफ्नो जिल्लामा हुरी र असिना पानीले ब्यापक क्षति पुर्‍याए लगत्तै सहयोग उपलब्ध गराएका हुन्। जेठ ७ र ८ गतेको हुरी तथा असिना पानीले नवलपुरका दुई सयभन्दा धेरै घरका छानो उडाएको छ । र, घरहरूमा समेत क्ष्ँति पुर्‍याएको छ ।

‘नवलपुरमा आएको हुरी तथा असिना पानीले आम नागरिकमा पुर्‍याएको असरबाट मर्माहत भएको छु । नवलपुरको वासिन्दा र यहाँहरूको जनप्रतिनिधिका हैसियतले यस दुःखद घडीमा म यहाँहरूको साथमै रहेको छु’ सांसद चौधरीले नवलपुरवासीलाई पठाएको सन्देशमा भनेका छन् ‘यो दुःख तपाईहरूको मात्रै नभएर मेरो पनि हो । हामी सबै मिलेर यसको सामना गर्नेछौँ ।’

विहिबार चौधरी फाउण्डेसनले देवचुली नगरपालिकाका प्रमुख पुर्णकुमार श्रेष्ठलाई जस्तापाता हस्तान्तरण गरेको छ । नगरपालिकाको अध्ययन टोलीले हुरी पीडितका लागि तत्काल सबैभन्दा आवस्यकता जस्ता पाताको रहेको सुझाव दिएपछि सांसद चौधरीले तत्कालै नवलपुरवासीका लागि जस्तापाताको व्यवस्था मिलाएका हुन् । पीडितमध्ये पनि आर्थिक रुपमा विपन्न र सर्वाधिक प्रभावित परिवारलाई उच्च प्राथमिकतामा राखेर सहयोग वितरण गर्ने व्यवस्था मिलाइएको छ । सांसद चौधरीले उपलब्ध गराउनु भएको सहयोग करिब १० लाख रूपैयाँ बराबर रहेको छ ।   

जेठ ७ र ८ गते आएको हावाहुरीले देबचुली नगरपालिकाको सितावास, रामबास, मुण्डे, बिशालटार र लक्ष्मीपुर क्षेत्रका घर, गोठका छानो उडाएको छ । जसका कारण पीडितहरू चर्को गर्मी र हुरी वतासकाबीच खुला आकाशमा बस्नुपर्ने अवस्था छ । हुरीसँगै आएको असिनापानीले खाद्यान्न, लत्ताकपडा समेत भिजेको सिताबासका पीडित आषिश भुर्तेलल बताउनुभयो । हावाहुरी र चर्को गर्मीको यस मौसममा छानो समेत उडाउदा स्थानीयवासीहरु बिचल्लीमा परेका छन् ।

 देबचुली नगरपालिका वडा नम्बर ७ का अध्यक्ष भुपराज पाठकले छानो उडाएका कारण विचल्लीमा परेका सर्वसाधरणलाई जस्तापाता उपलब्ध गराएर सांसद चौधरी नवलपुरवासीप्रति जिम्मेवार भएको सन्देश दिएको बताए ।  

 देबचुली नगरपालिकाका मेयर पुर्णकुमार श्रेष्ठले  सांसद एवं देशकै वरिष्ठ उद्योगपति विनोद चौधरीले आफ्नो जिल्लावासीका लागि साँच्चिकै अभिभावकको जिम्मेवारी निर्वाह गरेको बताए।

‘सांसद विनोद चौधरी नवलपुरवासीको सुख दुःखमा हामीसँगै पाउँदा हामीलाई निकै उत्साह मिलेको छ ।’ मेयर श्रेष्ठले भने– 'नवलपुरमा सीजी इन्डस्ट्रियल पार्क रहनुले हाम्रा लागि धेरै सकारात्मक योगदान पुगेको छ । हामी समस्यामा पर्दा हाम्रो साथी सीजी बन्दै आएको छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ