arrow

हेमा मालिनी र सनी देवलले चुनाव जितेपछि नाचे धर्मेन्द

logo
प्रकाशित २०७६ जेठ ९ बिहिबार
deol-family.jpg

काठमाडौं । बलिउडकै चर्चित कलाकार सन्नी देवल र हेमा मालिनीले चुनाव जितेका छन् । नातामा आमा छोरा रहेका हेमा मालिनी र  सन्नी देवल जीतले  कलाकार धर्मेन्द्रको परिवारमा खुशी ल्याएको छ ।

श्रीमती र छोराले भारतीय जनता पार्टीबाट चुनाव जीतेसँगै धर्मेन्द्र खुशीले दंग भएर नाचेका छन् । उनिसँगै अर्का छोरी बबी देवल समेत दाइ र आमाको जीतमा दंग छन् ।

अभिनेता सनी देवलले भारतीय लोकसभा निर्वाचनमा ५ लाख ४७ हजार ७८१ मत ल्याएर जित हासिल गरेका हुन् । देवल पञ्जाव राज्यको गुरदासपुरबाट उम्मेदवार बनेका थिए । उनका निकटतम प्रतिस्पर्धी भारतीय काँग्रेसका सुनिल कुमार जाखारले ४ लाख ७० हजार मत ल्याएका छन् । सनीले मालिनीले ७७ हजार ०९ मतान्तरले चुनाव जितेका हुन्।

त्यस्तै भारतीय जनता पार्टीकी नेतृ हेमा मालिनीले प्रतिस्पर्धी आरएलडीका उम्मेदवार कुँवर नरेन्द्र सिंहलाई हराएर चुनाव जितेकी हुन्। मालिनीले ४ लाख ९ हजार ३ सय २५ मत ल्याएर विजयी बनेकी हुन्।

उनका निकटतम प्रतिस्पर्धी सिंहले २ लाख १९ हजार १ सय ८ मत ल्याएका छन्। मालिनीले १ लाख ९० हजार २ सय १७ मतान्तरले चुनाव जितेकी हुन्।  उत्तरप्रदेशको मथुरबाट चुनाव जितेकी हुन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ