arrow

भारतीय प्रधानमन्त्री मोदीलाई काँग्रेस अध्यक्ष राहुल गान्धीको बधाई

logo
प्रकाशित २०७६ जेठ ९ बिहिबार
rahul-and-modi.jpg

काठमाडौं । भारतमा जारी लोकसभा चुनावको मत गणना चलिरहेको छ । तर, भारतीय जनता पार्टी र त्यस नेतृत्वको एनडिए गठबन्धनलाई बहुमत मिल्ने सम्भावना धेरै देखिँदै गर्दा प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय काँग्रेसका अध्यक्ष राहुल गान्धीले मोदीलाई बधाई दिएका हुन् । 

बिहीबार पत्रकार सम्मेलन मार्फत् उनले मोदीलाई बधाई दिएका हुन् । यद्यपि चुनाव आयोगले भाजपालाई विजयी घोषणा गरेको छैन । सो अघि नै काँग्रेसले भने हार स्वीकार गरी मोदीलाई बधाई दिएका हुन् । 

गान्धीले आफू पराजीत भएको मेरठकी विजयी उम्मेदवार स्मृता इरानीलाई पनि बधाई दिएका छन् । साथै कार्यकर्ताहरुलाई नआत्तिन र धर्यता अपनाउन पनि उनले आग्रह गरेका छन् । साथै, आफूलाई मत दिने र नदिने मतदाताहरुलाई समेत उनले धन्यवाद तथा शुभकामना व्यक्त गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ