arrow

मोदीलाई पाकिस्तानी प्रधानमन्त्री इमरान खानको शुभकामना सन्देश

logo
प्रकाशित २०७६ जेठ ९ बिहिबार
imran-modi.jpg

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पाकिस्तानी प्रधानमन्त्री इमरान खानले बधाई दिएका छन् । एक अर्काका दुस्मन देशको रुपमा मान्ने गरेका भारत र पाकिन्तानी प्रधानमन्त्रीहरुबीच चुनावको नतिजा आउनुपूर्व नै शुभकामना आदानप्रदान भएको हो । 

यस अघि पहिलो चरणको निर्वाचनको एक दिन अघि प्रधानमन्त्री खानले भारतमा मोदीको पुनरागमन भएमा भारत र पाकिस्तानबीचको सम्बन्ध सुधारमा सकारात्मक संकेत मिल्ने बताएका थिए । 

खानले आफ्नो आधिकारिक ट्वीटर मार्फत् मोदीलाई शुभकामना सन्देश दिएको हो । उनले ट्वीटमा गर्दै लेखेका छन्, 'म प्रधानमन्त्री नरेन्द्र मोदीलाई तथा उनको सहयोगी पार्टीहरुलाई समेत शुभकामना दिन चाहन्छु । म दक्षिण एशियामा शान्ति, प्रगति र समृद्धिका लागि उनको साथ काम गर्नको लागि तयार छु ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ