arrow

चुनावमा जितसँगै मोदीले हटाए ‘चौकीदार’

logo
प्रकाशित २०७६ जेठ ९ बिहिबार
modi-narendra.JPG

नयाँदिल्ली। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो ट्विटर ह्याण्डलबाट चौकीदार शब्द हटाएका छन् । लोकसभा निर्वाचनमा जिततर्फ अग्रसर भएपछि मोदीले चौकीदार शब्द हटाउदै सो शब्दप्रति आफ्नो मोह भने कायम रहने उल्लेख गरेका छन्।

चुनाव प्रचारको क्रममा चौकीदार शब्दको प्रयोग गरेर प्रधानमन्त्री मोदीलाई गाली गरिएपछि प्रधानमन्त्री मोदी र भारतीय जनता पार्टी (बिजेपी) का सबै तहका नेता कार्यकर्ताहरुले “म पनि चौकीदार” भन्दै सामाजिक सञ्जालमा आफ्नो नामको अगाडि चौकीदार शब्द लेखाएका थिए ।

यसअघि चुनावका क्रममा भारतीय जनता पार्टी (बिजेपी)को “म पनि चौकीदार” अभियानको मार्च १६ मा सुरुवात गरेका थिए । सबै भारतीय नागरिक कसरी चौकीदार हुन् भन्ने बारेमा तयार पारिएको भिडियो ट्वीटरमा सार्वजनिक गरेर उनले अभियानको सुरुवात गरेका थिए ।

“तपाईका चौकीदारहरु देशभरि सेवा गरिरहेका छन्, म एक्लो छैन। हरेक व्यक्ति जो भ्रष्टाचार, गलत काम, सामाजिक विकृतिका विरुद्धमा लड्छन्, ती सबै चौकीदार हुन्,” उनले भनेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ