arrow

३ लाख ९१ हजार मतान्तरले चुनाव जिते गौतम गम्भीरले 

logo
प्रकाशित २०७६ जेठ ९ बिहिबार
gautam-gambhir.jpeg

काठमाडौं । भारतको राजधानी दिल्लीको सातवटै सिट बीजेपीको खातामा जाने देखिएको छ । ईस्ट दिल्लीबाट बीजेपीको तर्फबाट पहिलो पटक मैदानमा उत्रिएका पूर्व क्रिकेटर गौतम गम्भीर ५५ प्रतिशत भोट सहित विजयी भएका छन् । । क्रिकेटरबाट नेता बनेका गौतम गम्भीरले पूर्वी दिल्ली सीटबाट कांग्रेसका अरविन्दर सिंह लवलीलाई ३ लाख ९१ हजार भोट अन्तरले हराए । मतगणनाका अनुसार मुताबिक, गौतम गम्भीरलाई ६ लाख ९६ हजार मत आएको छ । कांग्रेसका अरविन्दर सिंह लवलीलाई ३ लाख ४९ हजार मत मिलेको छ । 

अरविन्दर सिंह काफी अनुभवी नेता हुन् । जबकि गौतम गम्भीर हालमा राजनीतिमा उत्रिएका हुन् । बीजेपीले उनलाई उम्मेदवार बनाएको हो । चुनावको अन्तिम प्रचारमा आतिशीको अभद्र पर्चा विवादमा पर्यो । २०१४ को लोक सभा चुनावमा पूर्वी दिल्ली लोकसभा क्षेत्रबाट बीजेपीका महेश गिरी चुनिएका थिए । उनले ५ लाख २७ हजार भोट पाएका थिए । महेश गिरी राजमोहन गान्धीलाई हराएर संसद पुगेका थिए । पार्टीले यही बेलामा उनको ठाउँमा नयाँ अनुहार गौतम गम्भीरलाई मौका दिएको हो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ