arrow

शीला दीक्षितलाई पछार्दै मनोज तिवारी बने राजनीतिमा पनि नायक

logo
प्रकाशित २०७६ जेठ १० शुक्रबार
shila-manoj.jpg

काठमाडौं । भारतको लोकसभा निर्वाचनमा बीजेपी एक्लैले बहुमत ल्याएको छ । उक्त क्रममा अप्रत्याशित जित समेत पाउँदै गएको छ । 

चलचित्र नायक एवं गायक मनोज तिवारी राजनीतिमा पनि नायक बनेका छन् । दिल्ली बीजेपीका अध्यक्ष तिवारीले काँग्रेसकी प्रभावशाली नेतृ शीला दीक्षितलाई भारी अन्तरले पराजित गर्दै जित हासिल गरेका हुन् । 

तिवारीले ३ लाख ६६ हजार १ सय २ मतले हराएर नर्थ इष्ट सिट सुरक्षित गरेका  हुन् । 

तिवारीले ७ लाख ८७ हजार ७९९ मत पाउँदा शीलाले ४ लाख २१ हजार ६९७ मत पाइन् । आम आदमीका दिलीप पाण्डेले १ लाख ९० हजार ८५६ मत पाए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ