arrow

भाजपाको इतिहास 'ब्रेक' हुने सम्भावना, एनडीएको ३३२ सिटमा जीत १६ मा अग्रता

logo
प्रकाशित २०७६ जेठ १० शुक्रबार
modi-varabnasi2.jpg

काठमाडौं । भारतमा १७ औं लोकसभा चुनावको मतगणना अझै सकिएको छैन । अहिले विहान ६ बजेसम्म कूल ३८ सिटका लागि मत गणना चलिरहँदा भारतीय जनता पार्टीको नेतृत्वमा रहेको एनडीए गठबन्धनले ३३२ सिटमा जीत हाँसिल गरिसकेको छ भने १६ सिटमा अग्रता हाँसिल गरेको छ । यसरी हिसाव गर्दा एनडीएले कूल ३४८ सिट ल्याउने सम्भावना देखिएको छ । सुरुवातदेखि नै ३४८ देखि ३५० को बीचमा अग्रता हाँसिल गर्दै आएकोले एनडीएले ३४८ सिट ल्याउने आँकलन गर्न सकिएको हो । 

भारतीय लोकसभामा दुई तिहाई पुर्याउनको लागि ३६२ सिट आवश्यक पर्दछ । त्यसमा एनडीएको ३४८ सिट आउँदा केही स्वतन्त्र पार्टीलाई समेत समावेश गराउँदा भाजपाको नेतृत्वमा दुई तिहाई सरकार बन्ने सम्भावना समेत देखिन्छ । अर्काे तर्फ काँग्रेस नेतृत्वको यूपीए गठबन्धनको ९१ सिटमा जीत हाँसिल भएको छ भने ३ सिटमा अग्रता देखिएको छ । यसमध्ये पनि काँग्रेसको मात्रै ५२ सिटमा जीत र १ सिटमा अग्रता देखिएको छ । 

भाजपा एक्लैको भने २८६ सिटमा विजयी हुँदा १४ सिटमा अग्रता छ । यसबाट भाजपाले इतिहासमा नै पहिलो पल्ट ३०० कटाउने सम्भावना देखिएको छ । यदि अग्रतामा परिवर्तन नहुने हो भने कूल ३०० सिटमा भाजपाले जीत हाँसिल गर्ने देखिएको छ । भाजपा एक्लैले ३०० कटायो भने यो इतिहासमा नै पहिलो पल्ट हो।

अन्य दलहरुको खातामा भने ८१ सिटमा जीत भईसक्दा १९ सिटमा अग्रता देखिएको छ । जसमा उत्तरप्रदेशका समाजवादी पार्टी र बहुजन समाजवादी पार्टीले क्रमश ५ र १० सिटमा जीत हाँसिल गरेका छन्। अग्रता समाजवादीको शून्य र बहुजनको १ सिटमा छ । उत्तर प्रदेशमा भाजपा गठबन्धनले ६१ सिटमा जीत हाँसिल गरिसकेको छ भने २ सिटमा अग्रता देखिएको छ । उत्तरप्रदेशबाट यूपीएकी अध्यक्ष सोनिया गान्धीबाहेक अरु सबै पराजीत भएका छन् । यहाँ काँग्रेसका अध्यक्ष राहुल गान्धी समेत अमेठी निर्वाचन क्षेत्रबाट पराजीत भएका थिए । 

पश्चिम बंगालमा भने अग्रता र जीतको हिसाव गर्दा तृणमूल काँग्रेस २२ स्थानमा र एडीए गठबन्धनका उम्मेदवारहरु १८ स्थानमा विजयी भएका छन् ।   
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ