arrow

अलकायदा निकट आतंकवादी मुसाको मुठभेडमा मृत्यु

logo
प्रकाशित २०७६ जेठ १० शुक्रबार
musa.jpeg

काठमाडौं । भारतस्थित जम्मु कश्मीरको पुलवामाको त्रालमा बिहीबार राति सुरक्षाकर्मीहरुले आतंकवादी समूह अलकायदाका कथित आतंकवादी जाकिर मुसाको मृत्यु भएको छ । 

बुरहान वानीको मृत्युपछि मुसा नै हिजबुलको कमान्डर बनेका थिए । त्यसपछि मुसाले कश्मीरमा अलकायदासंग जोडिएको संगठन अन्सर गजवत उल हिन्द सुरु गरेका थिए । 

अधिकारीहरुका अनुसार सुरक्षाबलले पाएको सुराकीपछि त्रालको ददसारा गाउँको एक घर घेरा हालेको थियो । 

घेरिएपछि आतंकवादीहरुले सुरक्षाकर्मीमाथि फायरिङ गरेका थिए । उनीहरुले ग्रेनेडबाट हमला गरेका थिए । जवाफी कार्वाहीमा मुसालाई मारेका थिए । 

थप आतंकवादी लुकेको आशंकामा सेनाले खानतलासी गरिरहेको छ । उक्त क्षेत्रमा कुनै अफबाह नफैलियोस् भन्नका लागि इन्टरनेट सेवा बन्द गरिएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ