arrow

२३ राज्यमा कांग्रेसको पत्तासाफ

logo
प्रकाशित २०७६ जेठ १० शुक्रबार
rahul2.jpg

काठमाडौं । भारतको लोकसभा चुनावमा काँग्रेस २३ राज्यमा पत्तासाफ भएको छ । उत्तर प्रदेशको ८० सिटमा बीजेपीले ६२ सिट जित्दा कांग्रेसले १ सिटमात्र जित्यो । 

महाराष्ट्रमा बीजेपीले २३ सिट जित्दा काँग्रेसले १ सिटमात्र जित्यो । बिहारको ४० सिटमा बीजेपीले १७ सिट जित्दा काँग्रेसले १ सिट जित्यो । 

अरुणान्चलको २ सिटमा बीजेपीले दुवै सिट जित्दा कांग्रेस ० मा रह्यो । असममा १४ सिटमा बीजेपीले ९ सिट जित्दा काँग्रेस ३ सिटमा समेटियो । 

आन्ध्रप्रदेशमा २५ सिटमा कांग्रेस ० मा समेटियो । उत्तराखण्डका ५ सिटमा बीजेपीले सबै सिट जित्दा काँग्रेस ० मा समेटियो । 

ओडिसामा २१ सिटमा बीजेपीले ९ सिट जित्दा काँग्रेस १ मा समेटियो । कर्नाटकको २८ सिटमा काँग्रेस १ सिटमा समेटियो । 

गुजरातको २६ सिटमा बीजेपीले सबै सिट जित्दा काँग्रेस ० मा समेटियो । चन्डिगढको १ सिटमा बिजेपी आउँदा काँग्रेस ० मा समेटियो । 

छत्तीसगढको ११ सिटमा बीजेपी ९ सिटमा जित्दा काँग्रेस २ मा समेटियो । 

जम्मूू–कश्मीरको ६ सिटमा बीजेपी ३ सिटमा आउँदा काँग्रेस ० मा समेटियो । 

झारखण्डको १४ सिटमा बीजेपी ११ सिटमा आउँदा काँग्रेस १ मा समेटियो । 

तेलंगानाको १७ सिटमा काँग्रेस ३ मा समेटियो । त्रिपुराको दुई सिटमा बीजेपी आउँदा काँग्रेस ० मा समेटियो । 

दमन र दीवको १ सिटमा बीजेपी आउँदा काँग्रेस ० मा समेटियो । दादरा तथा नगर हवेलीको १ सिटमा काँग्रेस ० मा रह्यो । 

दिल्लीका सबै ७ सिट बीजेपीले जित्दा काँग्रेस ० मा रह्यो । नागाल्याण्डको १ सिटमा काँग्रेस ० मा रह्यो । 

मणिपुरको २ सिटमा काँग्रेस ० मा रह्यो । मध्यप्रदेशको २९ मध्ये २८ मा बीजेपी आउँदा काँग्रेस १ सिटमा रह्यो । 

मिजोरममा १ सिटमध्ये काँग्रेस ० मा रह्यो । राजस्थानको २५ मध्ये बीजेपी २४ सिटमा आउँदा काँग्रेस ० मा रह्यो । 

लक्षद्धीप, सिक्किम, हरियाणा, हिमाचल प्रदेशमा कांग्रेस ० मा रह्यो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ