arrow

बीजेपीको १० राज्यमा ‘क्लिनस्वीप’

logo
प्रकाशित २०७६ जेठ १० शुक्रबार
modi11.jpg

काठमाडौं । भारतीय लोकसभा चुनावमा सत्तारुढ भारतीय जनता पार्टी भाजपाले अहिलेसम्मकै सफलता हासिल गरेको छ । 

५४२ मध्ये एक्लैले ३०० को आँकडा पार गरेको बीजेपीले आठ राज्यमा त सबै सिट जितेको छ । त्यहाँ कुनै प्रतिपक्षी दल नै रहेन । 

यी हुन् ती राज्यहरु–
बीजेपीले गुजरातका सबै २६, राजस्थानका सबै २५, दिल्लीका सबै ७, हरियाणाका सबै १०, हिमाचल प्रदेशका सबै ४, त्रिपुराका सबै २ र अरुणाचलका सबै २ सिट, दमन तथा दीवको एक सिट, चन्डिगढको एक सिट, उत्तराखण्डका सबै ५ सिट,  जितेको छ । 

यी सबै राज्यमा बीजेपीको भोट शेयर ५० प्रतिशतभन्दा बढी रह्यो । प्रधानमन्त्री एवं बीजेपी नेता नरेन्द्र मोदीले निकै मेहनतका साथ यो लक्ष्य पूरा गरेको बीजेपीको दावी छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ