arrow

जीतसँगै आडवाणीको खुट्टा छोएर मोदीले लिए आशिर्वाद

logo
प्रकाशित २०७६ जेठ १० शुक्रबार
modi-adhvani.jpg

काठमाडौं ।  भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय जनता पार्टी (भाजपा) का संस्थापक नेता लालकृष्ण आडवाणीसँग उनकै निवासमा पुगेर आशिर्वाद लिएका छन् ।

भारतीय लोक सभाको निर्वाचनको परिणाम अनुसार भाजपाले नेतृत्वको गठबन्धनले अत्यधिक बहुमत ल्याएसँगै संस्थापक नेता आडवाणीको खुट्टा छोएर मोदीले आशिर्वाद लिएका हुन् ।

मोदीका साथमा भाजपा अध्यक्ष अमित शाहले पनि आडवाणीलाई निवास पुगेका थिए ।

पछिल्लो परिणाम अनुसार सत्ताधारी भाजपाले मात्रै जम्मा ३०२ स्थानमा विजय हासिल गरेको छ भने प्रमुख प्रतिपक्षी दल भारतीय कङ्ग्रेसले ५२ स्थानमा बिजय हासिल गरेको छ । भाजपाले अन्य १ स्थानमा अग्रता कायम राखेको छ भने कङ्ग्रेसको ० स्थानमा अग्रता रहेको छ ।

भारतीय जनता पार्टीको नेतृत्वमा रहेको एनडीए गठबन्धनले ३५३ सिटमा जीत हाँसिल गरिसकेको छ । काँग्रेस नेतृत्वको यूपीए गठबन्धनको ९६ सिटमा जीत हाँसिल भएको छ ।

भारतीय लोकसभामा दुई तिहाई पुर्याउनको लागि ३६२ सिट आवश्यक पर्दछ । त्यसमा एनडीएको ३५३ सिट आउँदा केही स्वतन्त्र पार्टीलाई समेत समावेश गराउँदा भाजपाको नेतृत्वमा दुई तिहाई सरकार बन्ने सम्भावना समेत देखिन्छ ।

भाजपाले लोकसभा चुनावका लागि  ९१ वर्षीय लालकृष्ण आडवाणीले  टिकट दिएको थिएन । उनको ठाउँ गान्धीनगरबाट अध्यक्ष अमित शाह मैदानमा उत्रिएका थिए । शाहले भारी मत ल्याउदै सो क्षेत्रबाट चुनाव जितेका छन् ।  

 सन् १९८९ मा पहिलो पटक लोकसभा चुनाव जितेका आडवाणी लगातार आठ पटक लोकसभा सदस्य रहे । गन्धीनगरबाट उनले ६ पटक चुनाव जितेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ