arrow

मुस्लिम मतदाताको बाहुल्यता भएको ९६ सिटमा पनि भाजपा नै लोकप्रिय

logo
प्रकाशित २०७६ जेठ १० शुक्रबार
modi-amit.jpg

काठमाडौं । लोकसभा चुनाव २०१९ को परिणाममा भारतीय जनता पार्टीले ३०० को आँकडा पार गरेको छ। भाजपाको यस प्रचण्ड जीतमा अरु क्षेत्रसँगै अल्पसंख्यक सीट मतदाताहरुले समेत हिस्सा धेरै रहेको छ । यो चुनावमा पनि भाजपालाई धेरै मुस्लिम लगायतका अल्पसंख्यकहरुले भोट दिएको देखिएको छ । यसमध्ये मुस्लिम, सिख र ईसाई आबादी रहेको ५३ सीट समेत सामेल छ । 

मुस्लिम, सिख र ईसाई लगायतका अन्य अल्पसंख्यकहरु सहितको गर्दा कूल १३० सिट मध्ये सबैभन्दा धेरै सीटहरु भाजपाका उम्मेदवारहरुले जितेका छन् । यद्यपि पश्चिम बंगालको मुस्लिम बहुलता रहेको सबै सीटहरुमा तृणमूल कांग्रेसका उम्मेदवारहरुले नै जितेका छन् । यस अघिको चुनावमा पनि स्थिति यही थियो । यसका अलावा सिख आबादी रहेको सिटहरुमा कांग्रेसका उम्मेदवारहरुलाई सफलता मिल्ने गरेको छ । 

२० प्रतिशत मुस्लिम आबादी रहेको सिट
देशमा २० प्रतिशत मुस्लिम मतदाताहरुको बाहुल्यता रहेको कूल ९६ सीट रहेको छ । जसमध्ये  ४६ सिटमा भाजपाका उम्मेदवारहरुले चुनाव जितेका छन् । त्यस्तै तृणमूल कांग्रेस पार्टीलाई यो क्षेत्रमा १४ सिटमा जीत हाँसिल भयो । कांग्रेस एक सीट बढी हुँदै ११ सिट जित्न सफल भएको छ । जबकि २०१४ मा उसलाई १० सीटमात्रै मिलेको थियो । यसका अलावा बसपा ४ र जेडीयू ४ सीट जित्न सफल भयो । मुस्लिम आबादी रहेको सीटहरुमा १४ सोही सँग सम्बन्धित क्षेत्रका सांसदले समेत जीत हाँसिल गरेका छन् । 

२० प्रतिशत ईसाई आबादी रहेको सिट
देशमा २० प्रतिशत ईसाई आबादी रहेको सिट छ । जहाँ भाजपालाई ४ सीट मिलेको देखिएको छ।  पछिल्लो पटक पार्टीलाई ५ सीट जितेको थियो । यसपटक काँग्रेसले १० सिट इसाई आवादी भएको ठाउँबाट चुनाव जितेको छ । झारखण्डको एक सीटका अलावा सबै सीट पूर्वोत्तर र दक्षिणी राज्यहरुमा रहेका छन् । 

२० प्रतिशत सिख आबादी रहेको सिट 
२० प्रतिशत सिखहरु रहेको १५ सीटमध्ये भाजपालाई ६ सिटमा जीत हाँसिल भएको छ । जबकि कांग्रेसले  यसमा ८ सिटमा जीत हाँसिल गरेको छ । सिखहरुको धेरै आवादी रहेको सबैभन्दा धेरै सिट पञ्जाबमा रहेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ