arrow

विश्वकप अष्ट्रेलियाले जित्ने गिलक्रिस्टको दाबी

logo
प्रकाशित २०७६ जेठ १० शुक्रबार
adam-gilchrist.jpg

काठमाडौं । आईसीसी विश्वकप २०१९ अबको केही समयमा इंगल्याण्डमा शुरु हुँदैछ । यो विश्वकपमा यसपटक पनि अष्ट्रेलिया प्रबल दाबेदार रहेको अष्ट्रेलियाका पूर्वक्रिकेटर एडम गिलक्रिस्टले बताएका छन् । उनले इंगल्याण्ड विश्वकपमा दक्षिण अफ्रिकाको लागि अनआउट चरण पार गर्नु निकै कठिन रहेको उनको भनाइ छ ।

अहिले इंगल्याण्ड विश्वको पहिलो स्थानको टोली हो । साथै यो टोली शानदार फर्ममा पनि रहेको छ । लगातार ११ एकदिवसीय सेरिज जितेको टोली आफ्नै भूमिमा विश्वकपक क्रिकेट खेल्न गइरहेको हो । तर, गिलक्रिस्टले भने यस वर्ष अष्ट्रेलियाले नै विश्वकपको उपाधि जित्ने दाबी गरेका हुन् ।

एक शोको क्रममा उनलाई सन् २०१९ को विश्वकप कसले जित्न सक्ला भनी गरिएको प्रश्नमा उनले सबै टोलीजस्तै यो टोली पनि कागजी रुपमा पनि बलियो रहेको बताए । विशेषगरी अष्ट्रेलियाले पछिल्लो समय घरभन्दा बाहिर गरेको राम्रो प्रदर्शनको कारण यो टोलीले विश्वकपको उपाधि जित्ने गिलक्रिस्टको भनाइ छ ।

१२ मध्ये ५ पटकको विश्वकप अष्ट्रेलियाले जितेको छ । वल्र्डकप भन्दा अगाडि अष्ट्रेलियाले आफ्नो घरबाहिर भारत र पाकिस्तानविरुद्ध लगातार तीन वान डेमा जित हासिल गरेको छ । त्यसका साथै स्टिभ स्मिथ र डेभिड वार्नर टोलीमा फर्किएसँगै टोलीलाई थप ऊर्जा मिलेको उनको भनाइ छ ।

सबै खेलाडी आफ्नो स्थानमा फर्किएसँगै पुनः अष्ट्रेलिया एक उत्कृष्ट टोली बन्ने गिलक्रिस्टको भनाइ छ । उनले ५ पटकको उपाधि जितेको कारण नभई विश्वकपको तयारी र टोलीका खेलाडीको कारणले अष्ट्रेलियाले यो विश्वकप जित्ने उनले बताएका हुन् ।

गिलक्रिस्टले यसपटकको विश्वकपमा इंगल्याण्डको टोली पनि निकै राम्रो रहेको बताएका छन् । उनले नकआउट चरणमा अष्ट्रेलियाले सधैं नै राम्रो प्रदर्शन गर्दै आएकोले यसपटक पनि अष्ट्रेलियालाई फाइदा पुग्ने धारणा व्यक्त गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ