arrow

भारतमा १६ औं लोकसभा भङ्ग : नरेन्द्र मोदीले प्रधानमन्त्री पदबाट राजीनामा दिँदै 

logo
प्रकाशित २०७६ जेठ १० शुक्रबार
modi-varabnasi2.jpg

नयाँ दिल्ली । लोकसभा चुनावमा एनडीएको शानदार जीतपछि प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रवार केन्द्रीय क्याबिनेटको बैठक बोलाएका छन् । बैठकमा १६ औं लोकसभालाई भङ्ग गराउने प्रस्ताव पारित भएको छ । 

पीएम नरेन्द्र मोदी शुक्रबार नै राष्ट्रपतिसँग भेट्न जाँदैछन् । उनले यही भेटमा राष्ट्रपतिलाई राजीनामा समेत दिने भएका छन् । त्यसपछि नयाँ सरकार बन्ने प्रक्रिया शुरू हुनेछ । राष्ट्रपति रामनाथ कोविन्दले एकपटक फेरि नरेन्द्र मोदीलाई सरकार बनाउनको लागि बोलाउने छन् । 

केन्द्रीय मन्त्रिमण्डलको शुक्रवार साँझ प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बैठक बसेको थियो । जसमा १६ औं लोकसभा भङ्ग गर्नको लागि सिफारिस गरिएको छ । सरकारी स्रोतलाई उद्दृत गर्दै भारतीय सञ्चारमाध्यमहरुले यस्तो उल्लेख गरेका छन्। क्याबिनेटको यो बैठक लोकसभा चुनावको मतगणना भएको एक दिन पछि गरिएको हो । यस चुनावमा भाजपा नेतृत्वको राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडीए)को भारी बहुमत मिलेको छ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ