काठमाडौं । खालिस्तान कमान्डो फोर्स केसीएफका आतंकवादी कुलवन्त सिंह उर्फ कन्ता वलैतिया भारतबाट पक्राउ परेका छन् । काउन्तर इन्टेलिजेन्स विंग तथा अमृतसर पुलिसले शुक्रबार सिंहलाई पक्राउ गरेको हो ।
एआइजी कान्टर इन्टेलिजेन्स जालन्धरका हरकमलप्रित सिंह खखका अनुसार कुलवन्त सिंह आतंकवादी गतिविधिमा सक्रिय रहेको र उनको विरुद्धमा १५ भन्दा बढी मुद्धा दर्ता भएका थिए ।
सूचनाका आधारमा गाउँमा लुकेर रहेका सिंह पक्राउ परेका हुन् । अदालतले सिंहले भगौडा घोषित गरेको थियो ।
सन् १९८८–८९ मा इंगल्याण्ड गएका सिंह सन् २०११ मा भारत फर्केको भारतीय पुलिसको तथ्यांक छ । सिंहले खालिस्तान कमान्डो फोर्सबाट आतंकवादी गतिविधि गर्दै आएको भारतीय संचारमाध्यमहरुले बताएका छन् ।