arrow

राहुलको राजीनामा के होला ? राज बब्बर हट्ने पक्का 

पार्टी हारको समीक्षा गर्न शनिबार काँग्रेस कार्यसमिति बैठक

logo
प्रकाशित २०७६ जेठ ११ शनिबार
rahul_gandhi1.JPG

काठमाडौं । भारतको राजनीतिमा उथलपुथल आएको छ । लोकसभा चुनावमा फेरि पनि लज्जास्पद हार भोगेपछि काँग्रेसको स्थिति दयनीय बनेको छ । 

पार्टीसंगै आफूले समेत अमेठीबाट हार बेहोरेका काँग्रेस अध्यक्ष राहुल गान्धीले गत बिहीबार नै सोनिया गान्धी समक्ष राजीनामा दिएका थिए । तर तत्काल उनले स्वीकृत गरिनन् । किनकि राहुलको विकल्प खोज्ने बेला भएको काँग्रेसले सोचेकै छैन । 

त्यसको निर्णय शनिबार हुने छ । पार्टी हारको समीक्षा गर्न शनिबार काँग्रेस कार्यसमिति बैठक बोलाइएको छ । 

यो बैठकमा राहुलले राजीनामा पेश गर्नेछन् । काँग्रेसले सन् २०१४ को तुलनामा ८ सिट बढाए पनि विपक्षीले खेलेको भूमिका शून्य जस्तै भएकाले निकै आलोचना भएको छ । 

यसैबीच उत्तर प्रदेशमा अहिलेसम्मकै कमजोर प्रदर्शन भएसंगै यसको जिम्मेवारी लिँदै राज बब्बरले राजीनामा दिएका छन् । 

बब्बरको राजीनामा स्वीकृत हुने पक्का जस्तै भएको काँग्रेस निकट स्रोतलाई उधृत गर्दै भारतीय संचारमाध्यमहरुले लेखेका छन् । 

त्यस्तै ओडिशाका अध्यक्ष निरन्जन पटनायक र कर्नाटक चुनाव प्रभारी एसके पाटिलले पनि राजीनामा दिएका छन् । 

राहुलले अध्यक्ष पद छाड्ने बताउँदै वरिष्ठ नेताहरुसंग सल्लाह गरे पनि उनीहरुले राजीनामा नगर्न सल्लाह गरेको बुझिएको छ । 

भारतीय लोकसभा चुनावमा भारतीय जनता पार्टीले भारी बहुमत ल्याएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ