arrow

बालबालिकासहित २१ जनाको जलेर मृत्यु, ११ गम्भीर 

logo
प्रकाशित २०७६ जेठ ११ शनिबार
fire-break-jugrat.jpg

काठमाडौं । भारतको गुजरातको आर्थिक राजधानी सुरतमा एक व्यापारिक कम्प्लेक्समा आगलागी हुँदा बालबालिकासहित २१ जनाको मृत्यु भएको छ । 

२० जनाको ज्यूँदै जलेर मृत्यु भएको हो भने एक बच्चाको छतबाट कुँदेर मृत्यु भएको हो । मर्नेहरुमा १८ महिला र ३ पुरुष रहेको भारतीय समाचार एजेन्सी एएनआइले जनाएको छ । 

मृतकहरुको उमेर १५ वर्षदेखि २२ वर्षबीच बताइएको छ । ११ जना बालबालिकाको अवस्था गम्भीर रहेको छ । 

आगलागीको समयमा आर्टसको कोचिङ कक्षा चलिरहेको थियो । त्यहाँ करिव ४५ जना बालबालिका थिए । 

चार तल्ले उक्त कम्प्लेक्समा शुक्रबार दिउँसो ३ बजेतिर विद्युत सर्ट सर्किट भएर आगलागी भएको थियो । 

तेस्रो तत्लामा आर्ट कक्षा चल्ने गरेको थियो । ११ जनाको उद्धार गरिए पनि उनीहरुको स्थिति गम्भीर रहेको बताइएको छ । 

तीमध्ये साहसीले तीन चार जना साथीहरुलाई बचाएका थिए । प्रधानमन्त्री नरेन्द्र मोदीदेखि विपक्षी दल काँग्रेस अध्यक्ष राहुल गान्धीले शोक जनाएका छन् । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ