arrow

राष्ट्र बैंकले विद्युतीय माध्यमबाट गरिने भुक्तानीको सीमा बढायो (पूर्ण विवरण)

logo
प्रकाशित २०७६ जेठ ११ शनिबार
Digital-payment-in-Nepal.jpg

काठमाडौं । नेपाल राष्ट्र बैंकले मोबाइल बैंकिङ, प्रिपेड कार्ड, इन्टरनेट बैंकिङ लगायतका विद्युतीय माध्यमबाट गरिने भुक्तानी सम्बन्धी कारोबारको सीमा बढाएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार एक सर्कुलर जारी गर्दै अब मोबाइल बैंकिङ गर्दा प्रतिदिन अधिकतम ५० हजार रुपैयाँसम्मको कारोबार गर्न पाउने व्यवस्था गरेको हो । यो सीमा यस अघि १५ हजारमात्रै राखिएको थियो । साथै, कारोबारको विल वा विवरण प्राप्त हुने अवस्थामा बाहेक मासिक रुपमा १ लाख रुपैयाँभन्दा बढीको भुक्तानी-जम्मा गर्न पाइने छैन । यसको सीमा यस अघि ५० हजारसम्म मात्रैको थियो । 

राष्ट्र बैंक भुक्तानी प्रणााली विभागका प्रमुख देवकुमार ढकालका अनुसार अर्को तर्फ मोबाइल बैंकिङ सेवा अन्तर्गत क्यूआर कोडको माध्यमबाट भुक्तानी तथा रकमान्तर गर्दा पनि यसै अनुसार गर्नुपर्ने व्यवस्था गरिएको छ । यसैगरी, इन्टरनेट बैंकिङको माध्यमबाट भुक्तानी कारोबार गर्दा प्रतिदिन अधिकतम १० लाख रुपैयाँसम्मको कारोबार गर्न पाइने भएको छ । यो सीमा यस अघि १ लाखमात्रै थियो । तर, मासिक रुपमा अधिकतम ३० लाख रुपैयाँभन्दा बढीको भुक्तानी कारोबार गर्न पाइने छैन ।

सो सर्कुलरका अनुसार इन्टरनेट बैंकिङको माध्यमबाट बैंक तथा वित्तीय संस्थाहरूको खातामा ट्रान्सफर गर्दा प्रतिदिन अधिकतम १० लाख रुपैयाँसम्मको कारोबार गर्न पाइने भएको छ । यो सीमा यसअघि एकलाख रुपैयाँसम्म मात्रै थियो । तर, मासिक रूपमा अधिकतम ५० लाख रुपैयाँभन्दा बढीको ट्रान्सफर गर्न पाइने छैन । अब प्रिपेड कार्डबाट नेपाल भित्र मासिक रूपमा जतिसुकै नगद भिक्न सकिने भएको छ । ग्राहकले प्रतिकारोबार न्यूनतम ५०० रूपैयाँदेखि अधिकतम २५ हजार रुपैयाँसम्म प्रिपेड कार्डबाट नगद झिक्न सक्छन् । तर, यस्तो व्यवस्थाले बैंक तथा वित्तीय संस्थाहरुलाई ग्राहकको चाहना अनुसार नगद झिक्न सक्ने अधिकतम सीमा निर्धारण गर्न बाधा पुग्ने छैन ।

यसैगरी, क्रेडिट कार्डबाट नगद झिक्ने सीमालाई घटाएर स्वीकृत सीमा रकमको १० प्रतिशत राखेको छ । राष्ट्र ब‌ैंकले गरेको सर्कुलरको पूर्ण पाठ यस्तो छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ