arrow

यी सहरका मानिसले पाउँछन् सबैभन्दा धेरै तलब 

logo
एजेन्सी
प्रकाशित २०७६ जेठ ११ शनिबार
City-with-high-salary.png

काठमाडौं । सन् २०१८ मा अमेरिकाको सन्फ्रान्सिस्कोको औसत तलब ३१ प्रतिशत बढेको छ । यो सहर मानिसहरुले सबैभन्दा बढी तलब पाउने सहर बनेको छ । दोयचे बैंकले सार्वजनिक गरेको एक अनुसन्धानले सन्फ्रान्सिस्कोमा मानिसले सबैभन्दा बढी रकम कमाउने गरेको देखाएको हो । 

सन् २०१९ मा सन्फ्रान्सिस्काका मानिसले औसतमा ६ हजार ५ सय २६ डलर मासिक तलब पाउने अनुमान छ । यो अमेरिकाकै न्युयोर्कको तुलनामा १ सय ४२ प्रतिशतले बढी हो । 

दोयचे बैंकले विश्वका ५६ सहरमा गरिएको विश्लेषणमा यस्तो पाइएको हो । सन्फ्रान्सिसकोका मानिसको औसत आम्दानी अन्य सहरको तुलनामा सबैभन्दा धेरै आम्दानी गर्ने गरेको पाइएको थियो । यो सहरका मानिससँग सबैभन्दा धेरै सामग्री खरीद क्षमता रहेको उक्त अनुसन्धानले देखाएको छ । सन्फ्रान्सिस्कोमा मानिसको सामग्री खरीद क्षमता पछिल्लो पाँच वर्षमा ८८ प्रतिशतले बढेको छ । 

स्विट्जरल्याण्डको ज्युरिकका मानिसले दोस्रो सबैभन्दा धेरै मासिक आम्दानी पाउने गरेका छन् । यो सहरका मानिसको औसत मासिक आम्दानी ५ हजार ८ सय ९६ डलर आम्दानी गर्ने गरेका छन् । पछिल्लो पाँच वर्षमा यो सहरको मुलकको आम्दानी औसत आम्दानी १८ प्रतिशतले घटेको छ । 

न्युयोर्क सहरको औसत मासिक आम्दानी ४ हजार ६ सय १२ डलर रहेको छ । यो विश्वको तेस्रो सबैभन्दा बढी तलब पाइने सहर हो । यो सहरको मासिक तलब वार्षिक १२ प्रतिशत बढेको छ । 

अमेरिकाका बोस्टोन र सिकाओ पनि क्रमशः चौथो र पाँचौं सबैभन्दा बढी मासिक तलब पाइने सहर हुन् । छैठौं स्थानमा रहेको अष्ट्रेलियाको सिड्नीको मासिक औसत तलब ३ हजार ५ सय ९९  डलर छ । सातौं स्थानमा नर्वेको अस्लो सहर रहेको छ । यहाँ औसत मासिक तलब ३ हजार २ सय ४६ डलर छ । 

आठौं स्थानमा डेनमार्कको कोपनहेगन छ । यहाँको औसत मासिक तलब ३ हजार १ सय ९०  डलर रहेको छ । नवौं स्थानमा अष्ट्रेलियाको मेलवर्न छ । मेलवर्नको औसत मासिक तलब ३ हजार १ सय ८१ डलर छ । दशौं स्थानमा बेलायतको लण्डन छ । लण्डनमा औसत मासिक तलब २ हजार ९ सय ५६ डलर छ । 

अर्जेन्टिनाको ब्युनस आयर्सको औसत आम्दानी ४५ प्रतिशतले झरेर ५ सय २७ डलरमा आइपुगेको छ । दक्षिण अफ्रिकाको जोहान्सवर्गमा पनि औसत आम्दानी २६ प्रतिशत घटेको छ । यससँगै उसको औसत मासिक तलब १ हजार २ सय २३ डलरमा पुगेको छ । टर्कीको इस्तानबुलको औसत मासिक आम्दानी ३१ प्रतिशतले घटेको छ  । 

सबैभन्दा कम औसत मासिक आम्दानी भएको सहरमा इजिप्टको कायरो रहेको छ । कायरोको औसत मासिक तलब २ सय ६ डलर छ । नाइजेरियाको लाओसमा पनि औसत मासिक आम्दानी २ सय ३६ डलर छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ