arrow

राहुल गान्धीद्वारा दोस्रो पटक राजीनामाको प्रयास, प्रियंका र मनमोहनले रोके

logo
प्रकाशित २०७६ जेठ ११ शनिबार
rahul_gandhi11.JPG

नयाँ दिल्ली । भारतीय कांग्रेसको कार्यसमिति बैठक बसेको छ । लोकसभा चुनावमा भारी मतले पराजीत भएपछि त्यसको समीक्षाको लागि बैठक बोलाईएको थियो । बैठकभन्दा पहिले राहुल गान्धीले राजीनामा पत्र बुझाउने तयारी गरेका थिए । यसमा राहुललाई प्रियंका गान्धी र मनमोहन सिंहले सम्झाएका थिए ।  मनमोहन सिंहले  हार जीत भइरहन्छ भन्दै राजीनामा नबुझाउन भनेका थिए । 

काँग्रेस निकट स्रोतका अनुसार २३ मे मा नै राहुल गान्धी सोनिया गान्धीसमक्ष राजीनामा पत्र बुझाउनको लागि पुगेका थिए । यसमा उनले ९सोनिया० राहुलसँग काँग्रेस कार्य समितिमा आफ्नो कुरा राख्नको लागि बताएकी थिइन् । शनिबार पनि राहुलले राजीनामा दिन लाग्दा अन्य सदस्यहरुले रोकेका हुन् । तर, बैठक भन्दा पहिले प्रियंका गान्धी र मनमोहन सिंहले राहुललाई सम्झाएका थिए । 

त्यसपछि राहुल बैठकमा आएका थिए । बैठकमा कांग्रेस कार्य समितिका सदस्यहरुले आफ्नो भनाइहरु राखेका थिए । सदस्यहरुले राहुललाई राजीनामा नदिइ आफ्नो काम गर्नको लागि सुझाव दिएका थिए । 

मोदीको भारी मतसहितको विजय र आफ्नो हारको बारेमा समीक्षा गर्नको लागि काँग्रेसका नेताहरु भेला भएका हुन् ।  यस बैठकमा हिस्सा लिनको लागि कांग्रेस अध्यक्ष राहुल गान्धी, यूपीए अध्यक्ष सोनिया गान्धी, कांग्रेस महासचिव प्रियंका गान्धी वाड्रा, पूर्व प्रधानमन्त्री मनमोहन सिंह, मल्लिकार्जुन खड्गे, गुलाम नबी आजाद, पञ्जाबका मुख्यमन्त्री क्याप्टेन अमरिन्दर सिंह पुगेका छन् । 

२०१४ को तुलनामा यस चुनावमा कांग्रेसलाई केवल ८ सीटमात्रै बढी आएको छ । पछिल्लो चुनावमा काँग्रेसले ४४ सीट जितेको थियो । जबकि यस पटक पार्टीलाई जम्मा ५२ सीट मिलेको छ । जसबाट लोकसभामा प्रतिपक्षीको दर्जा समेत मिल्दैन । यसको लागि ५४ सिट आँकडा चाहिएको छ । राहुल गान्धीले वायनाडबाट त चुनाव जितेका छन् । तर कांग्रेसको गढ मानिने अमेठीमा लहर मोडिएको छ । सो क्षेत्रमा भाजपाकी स्मृति ईरानीले राहुललाई ५५ हजार भन्दा धेरै मतले हराईन् । 

काँग्रेसको सो बैठकको कुनै कोई एजण्डा भएको छैन । तर, काँग्रेस स्रोतका अनुसार राहुलले राजीनामा दिने सम्भावना देखिँदैन ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ