arrow

भारतमा राजीनामा दिनेको लर्काे, मध्य प्रदेशका मुख्यमन्त्रीले पनि गरे राजीनामाको घोषणा

logo
प्रकाशित २०७६ जेठ ११ शनिबार
kamal-nath.jpg

नयाँ दिल्ली । भारतमा लोकसभा चुनावको मतपरिणामसँगै भारतको राष्ट्रिय काँग्रेस लगायत प्रतिपक्षी दलका नेताहरुको राजीनामाको श्रृङ्खला पनि चलिरहेको छ । चुनावको नतिजा आएकै दिन विहीबार र शनिबार गरी दुई पटक राजीनामा दिने प्रयास गरेका काँग्रेस अध्यक्ष राहुल गान्धी पछि केही महिना अघि मात्रै मध्यप्रदेशको मुख्यमन्त्री बनेका कमलनाथले पनि राजीनामा दिने मनस्थिति बनाएका छन् । 

मध्यप्रदेशको राज्य कांग्रेस कमिटीका प्रदेश अध्यक्ष समेत रहेका कमलनाथले राज्यमा पार्टीको हारको जिम्मेवारी लिँदै राजीनामा दिने मनस्थिति देखाएका हुन् । अखिल भारतीय कांग्रेस कमिटीका महासचिव दीपक बाबरियाका अनुसार मध्य प्रदेशका मुख्यमन्त्री कमलनाथले प्रदेश कांग्रेसका अध्यक्ष पदबाट राजीनामा दिने घोषणा गरेका हुन् । दीपक बाबरियाले भने, 'सीएम कमलनाथले मध्य प्रदेश कांग्रेस कमिटीको अध्यक्ष पदबाट आफ्नो राजीनामा दिने घोषणा गरेका हुन्।' कूल २९ सिट मध्ये मध्य प्रदेशमा काँग्रेसले केवल १ सिटमा मात्रै चुनाव जितेको छ । 

शनिबार नै लोकसभा चुनाव नतिजामा बंगालको प्रमुख पार्टी टीएमसीको धेरै ठाउँमा हार भएपछि पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले राजीनामा दिने इच्छा जनाएकी छिन् । भारतको नवभारत टाइम्सका अनुसार टीएमसी प्रमुख ममता बनर्जीले भनिन् 'मैले मिटिङ्गमा भनेकी छु कि म मुख्यमन्त्रीको पदमा अब रहन चाहन्न । म अब केवल पार्टी अध्यक्षको रुपमा तपाई‌हरुको सेवा गर्न चाहन्छु । समाचार रिपोर्टका अनुसार ममता बनर्जीको राजीनामा सम्बन्धी प्रस्ताव बैठकबाट स्वीकृत भने भएन ।  

टीएमसी पार्टीको आपतकालीन बैठकमा ममताले यो पनि भनेकी छिन् कि 'केन्द्रीय बलले हामी विरुद्ध कारबाही गर्यो । एक आपतको स्थिति पैदा गरेर हिन्दू-मुस्लिमको बीचमा भेदभाव गरिएको छ। साथमा भोटलाई समेत तलमाथि गराइएको छ । हामीले यस बारेमा चुनाव आयोगमा गुनासो दर्ता गरायौं । तर, कुनैपनि कदम उठाएनौं । 

शुक्रबार मात्रै पश्चिम बंगालमा अबको ३ महिना भित्र ममता बनर्जीको सत्ता ढल्ने भारतीय जनता पार्टीका नेताहरुले दाबी गरेका छन् । ममता बनर्जीका विधायकहरु भारतीय जनता पार्टीको सम्पर्कमा रहेको र केही समयमा नै उनीहरुले त्रिणमूल काँग्रेस छाड्ने दाबी सहित भाजपाका नेताहरुले यस्तो दाबी गरेका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ