- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । स्पेनिश फुटबल क्लब बार्सिलोनाको लगातार दोस्रो उपाधि जित्ने सपना टुटेको छ । स्पेनिश कोपा डेल रेको उपाधि भ्यालेन्सियाले जितेसंगै बार्सिलोनाको सपना टुटेको हो ।
शनिबार राति भएको फाइनलमा बार्सिलोनालाई २–१ गोल अन्तरले पराजित गर्दै भ्यालेन्सिया च्याम्पियन भयो ।
ला लालिगा च्याम्पियन बार्सिलोना पराजित भएसंगै सिजनको दोस्रो उपाधि जित्ने बार्सिलोनाको सपना अधुरै रह्यो ।
भ्यालेन्सियाका लागि खेलको २१ औं मिनेटमा केभिन गेमिरोले गोल गर्दै पहिलो अग्रता दिलाए ।
३३ औं मिनेटमा रोड्रिगोले गोल गर्दै भ्यालेन्सियाको अग्रतालाई दोब्बर बनाए ।
कमजोर देखिएको बार्सिलोनाले ७३ औं मिनेटमा लियोनल मेस्सीको गोलबाट अन्तर कम गर्यो ।
यसअघि च्याम्पियन्स लिगमा पनि बार्सिलोना इंगलिश क्लब लिभरपुलसंग सेमिफाइनलमै पराजित भएको थियो ।
हारले कोपामा लगातार पाँच उपाधि जित्ने बार्सिलोनाको सपना टुट्दा भ्यालेन्सियाले सन् २००८ पछि पहिलो पटक उपाधि जित्यो ।
समग्रमा भ्यालेन्सियाको यो आठौं उपाधि हो ।