arrow

जब राहुल गैर गान्धीलाई अध्यक्ष बनाउन लागि परे...

logo
प्रकाशित २०७६ जेठ १२ आइतबार
rahul-gandhi.jpg

काठमाडौं । भारतीय कांग्रेस आई गान्धी परिवारको लिगेसीले चल्दै आएको छ । लोकसभाका लगातार दुई वटा चुनावमा पराजित भएपछि गान्धी परिवारको लिगेसीले काम नगर्ने निष्कर्षमा वर्तमान अध्यक्ष राहुल गान्धी नै पुगेका छन् । 

उनले शनिबार भएको कांग्रेस कार्यसमितिको समीक्षा बैठकमा यो कुरालाई खुलेआम राख्दै हालैको चुनावमा भोगेको पीडासहित आफ्नो राजीनामा बुझाए । 

उनले भनेका थिए, ‘पार्टी गान्धी परिवार इतरबाट कुनै व्यक्तिलाई अध्यक्ष बनाऔं’ मिडियाहरुले भनेका छन् । 

कांग्रेसको सीडब्ल्युसीले राहुलको यो प्रस्ताव स्वीकार गरेन र भन्यो, ‘पार्टीलाई तपाईको मार्गदर्शन र नेतृत्वको जरुरत छ ।’

कांग्रेस गठबन्धनले नै चुनावमा कमजोर उपस्थिति जनाएपछि गठबन्धन युपीएकी अध्यक्ष एवं राहुलकी आमा सोनिया गान्धीले आफूले यसबारे राहुललाई नसम्झाउने भन्दै कार्यसमिति सदस्यहरुलाई भनेकी थिइन् । 

उनले राजीनामा दिने राहुलको व्यक्तिगत निर्णय र फैसला भएको बताइन् । त्यस्तै प्रियंका गान्धीले पनि कुनै फैसला हतारमा गर्न नहुने बताइन् । 

कांग्रेसका वरिष्ठ नेता पी चिदम्बरमले यदि राहुलले राजीनामा दिए काँग्रेसका दक्षिणमा रहेका कार्यकताले आत्महत्या गर्ने बताए । 

चुनावमा हार भएसंगै कर्नाटक, उत्तरप्रदेश र ओडिशाका कांग्रेस प्रदेश अध्यक्षहरुले समेत राजीनामा बुझाएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ