arrow

नेकपाको प्यानललाई पछार्दै कांग्रेसको प्यानल विजयी

अध्यक्षमा कांग्रेसका ठकुरीलाई ८४६ र नेकपाका यादवलाई ३८९ मत

logo
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७६ जेठ १२ आइतबार
sugarcane-winner-congress.jpg

बेलौरी । बेलौरी नगरपालिका १० स्थित महाकाली सुगरमिलमा सम्पन्न उखु हकहित संरक्षण समितिको निर्वाचनमा नेकपाको प्यानललाई हराउँदै कांग्रेस प्यानलका उम्मेदवारहरुको प्यानल अत्यधिक मत ल्यएर विजयी भएको छ । 

महाकाली सुगर मिलको उखु हकहित कृषक समितिको आइतबार बिहान सम्पन्न मतगणना अनुसार नेकपाका उम्मेदवार मिश्रीलाल रानाको प्यानललाई पराजित गर्दै काँग्रेस उम्मेदवार हरि चन्द ठकुरीको प्यानल विजयी भएको हो । 

काँग्रेस प्यानलबाट अध्यक्ष पदका उम्मेदवार ठकुरीले ८४६ मत ल्याएर बिजयी भएका छन् । ठकुरीका निकटतम प्रतिद्वन्द्धी मिश्रीलाल रानाले ३८९ मत पाएका छन् । त्यस्तै अर्का स्वतन्त्र उम्मेदवारी दिएका हिरालाल चौधरीले ९५ मत ल्याएका छन् ।

शनिबार भएको मतदानको आइतबार सम्पन्न मत परिणाम अनुसार नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार बनेका ठकुरीको प्यानलका उपाध्यक्ष अर्जुनबहादुर सिंह ७६३, सचीवमा रामकृष्ण राना ५९८, कोषाध्यक्षमा चेतन राइले ७०१ मत ल्याएर काँग्रेस प्यानल भारी मतान्तरले विजयी भएको छ । 

नेकपा प्यानलबाट उम्मेदवारी दिएका उपाध्यक्ष चक्रबहादुर कठायतले ४६१, सचीव गुरु प्रसाद चौधरीले ३८४, कोषाध्यक्षमा रामप्रसाद जोशी २७९ मत ल्याएर पराजित बनेका छन् । 

क्षेत्रका ४ वटै स्थानीय, प्रदेश र संघमा बिजयी भएको नेकपाको क्षेत्रमा भएको सुगर मिलको कृषक हकहित समितिमा नेपाली काँग्रेस प्यानलले विजयी यात्रा सुरु गरेको छ।

सुगर मिलमा सम्पन्न निर्वाचनको परिणामले कञ्चनपुरको दक्षिणी क्षेत्रमा काँग्रेसको संगठन सुदृढ बन्दै गएको आँकलन गर्न थालिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ