- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
डडेलधुरा । जोगबुडा उद्योग वाणिज्य संघको निर्वाचनमार्फत लोकतान्त्रिक प्यालनका जनकराज बोहरा अध्यक्ष पदमा निर्वाचित भएका छन् ।
उनले एक सय ८ मत प्राप्त गरेको र उनका प्रतिद्वन्द्वी प्रगतिसिल प्यानलका हरिप्रसाद जोशीले ९७ मत प्राप्त गरेको प्रमुख निर्वाचन अधिकृत परमानन्द पन्तले बताए ।
यसैगरि महासचिव पदमा लोकतान्त्रिक प्यानलका शंकरबहादुर कामी एक सय २९ मतले विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी डम्बर भाटले ६५ मत प्राप्त गरेका छन् ।
अध्यक्ष र महासचिववाहेक अन्य पदमा निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । संघको बरिष्ठ उपाध्यक्षमा यज्ञराज भट्टराई, अन्य उपाध्यक्षहरुमा बिरबहादुर ठगुन्ना, गोपालसिँह माल, नवराज भट्टराई, पदमसिँह धामी, सचिवमा लालबहादुर थापा, राज बोहरा, पार्वती नाथ र डम्मर दमाईका साथै कोषाध्यक्षमा पदम थापा मगर सर्वसम्मत भएका छन् ।
सदस्यहरुमा गणेश धामी, कोपिला धामी, रतन बोहरा, टेक धामी, रामसिँह बोहरा र हर्क बोहरा चयन भएका छन् ।