arrow

समृद्ध हुन कुरा हैन काम गर्नुपर्छ – बद्री पाण्डे

logo
प्रकाशित २०७६ जेठ १२ आइतबार
shramik.jpg

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा राष्ट्रिय सभा सदस्य बद्री पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओलीले भनेको समृद्ध नेपाल ठूला कुरा गरेर नभइ काम गरेमात्र सम्भव हुने बताएका छन् । 

नेपाल गलैचा श्रमिक संघको शनिबार राजधानीमा सम्पन्न प्रथम परिषदलाई सम्बोधन गर्दै उनले यस्तो विचार राखेका हुन् । उनले सरकार काम भन्दा बढी प्रचार गरेर जनतालाई अलमलमा पार्ने खेलमा लागेको, गलैंचा श्रमिक लगायत अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकहरुको समस्या वास्तविक रुपमा श्रम ऎन लागु नहुनुका साथै सामाजिक सुरक्षा नभएका बताउँदै उनले कांग्रेस नेतृत्वको सरकारको पालामा पारित योगदानमा आधारित सामाजिक सुरक्षा ऎनलाई समेत आफुले ल्याए जसरी नयाँ युगको शुरु भन्दै राजा महाराजाको शैलीमा पोलपोलमा फोटो झुण्डाएर समृद्धि कसरी आउँछ ? भनी प्रश्न गरे । 

यसैगरी गलैंचा लगायत अनौपचारिक क्षेत्रमा सामाजिक सुरक्षा लागु गराउने विषयमा सरकार उदासिन देखिएकोले जसरी पनि यस क्षेत्रमा लागु हुनु पर्ने बिचार उनको छ । 

ट्रेड युनियन कांग्रेसका निवर्तमान अध्यक्ष खिलानाथ दाहालले प्रजातन्त्र लोकतन्त्र स्थापना गर्नमा श्रमिकहरुले धेरै दुःख गरेको उल्लेख गर्दै त्यही भावना अनुरुप सरकारले श्रमिकप्रति व्यवहार गर्नु पर्ने बताए । 

साथै सबै क्षेत्रमा कार्यरत श्रमिकले योगदानमा आधारित सामाजिक सुरक्षा पाउनु पर्ने माग राखे । वरिष्ठ उपाध्यक्ष महेन्द्रप्रसाद यादवले गलैंचा लगायत अनौपचारिक क्षेत्रका श्रमिकहरु अझै पनि ठूला ठूला समस्यामा रहेकोले जबसम्म समस्या समाधान गर्न सरकारले तत्पर देखाउँदैन तबसम्म कुनै समृद्धि नहुने बताए । 

उपाध्यक्ष अजय राईले अनौपचारिक क्षेत्रका श्रमिकलाई सरकारले अहिलेसम्म कुनै पनि सामाजिक संरक्षणका कार्यक्रम नल्याउनु दुर्भाग्यपूर्ण रहेको बताए । पूर्व महासचिव डा हरि लम्सालले अनौपचारिक क्षेत्रका श्रमिकहरुको समस्या २० वर्षदेखि उही रहेको बताए । 

उपमहासचिव गणेश केसीले अनौपचारिक क्षेत्रमा सामाजिक सुरक्षा लागु गरि श्रमिकलाई आफु सुरक्षित रहेको महसुस गराउनु पर्ने बताए । कार्यक्रममा केन्द्रीय सदस्य सरस्वती ढुंगाना पुर्व केन्द्रीय सदस्य डिपी अर्याल लगायतले बोलेका थिए । कार्यक्रम नेपाल गलैंचा श्रमिक संघका अध्यक्ष सविरमान विकको अध्यक्षतामा सम्पन्न भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ