arrow

क्रिकेट विश्वकप २०१९ का प्रमुख तीव्रगतिका बलरहरु

logo
एजेन्सी
प्रकाशित २०७६ जेठ १२ आइतबार
ICC-Cricket-World-Cup.jpg

काठमाडौं । सन् २०१९ को विश्वकप प्रतियोगिता शुरु हुन अब धेरै दिन छैन । यसपटकको विश्वकप इंगल्याण्डमा हुनेछ । यो विश्वकपमा इंगल्याण्डको मौसम केही गर्मी रहनेछ । यस्तोमा तीव्र गतिका बलरलाई यहाँको पिच खासै लाभदायक हुनेछैन । तर, यो विश्वकपमा विश्वका केही तीव्र गतिका बलरमा विश्वको नजर रहनेछ । जसमध्ये ५ खेलाडीको नाम यहाँ उल्लेख गरिएको छ –

१. जसप्रीत बुमराह (भारत) 

यी भारतीय तीव्र गतिका बलर सर्वश्रेष्ठ बलरमध्येका एक हुन् । उनी १ सय ५० किलोमिटर प्रतिघण्टाको गतिले बलिङ गर्न सक्छन् । उनको योर्कर र स्लो बाउन्सर ठूलो हतियार हो । यी खेलाडी यो विश्वकपका लागि एक महत्वपूर्ण खेलाडी बन्नसक्छन् । 

२. कागिसो रबाडा (दक्षिण अफ्रिका)  

यो विश्वकपमा धेरैको नजरमा पर्ने खेलाडीमध्येका एक हुन् – कागिसो रबाडा । २३ वर्षीय रबाडा दक्षिण अफ्रिकाको टोलीका महत्वपूर्ण खेलाडी हुन् । जुनसुकै ब्याट्सम्यानलाई पनि रबाडाको बलिङको सामना गर्नु ठुलो चुनौती हो । उनका साथै दक्षिण अफ्रिकाको टोलीमा डेल स्टेन र क्रिस मौरिसजस्ता खेलाडी रहनेछन् । 

३. मिचेल स्टार्क (अष्ट्रेलिया) 

यी खेलाडीले सन् २०१९ मा धेरै खेला खेलेका छैनन् । साथै उनी फिट पनि रहन सकेका छैनन् । तर, उनी यो विश्वकपमा सबैको नजरमा पर्ने खेलाडी हुन् । अष्ट्रेलियाको टोलीमा उनको भूमिका महत्वपूर्ण हुनेछ । सन् २०१५ को विश्वकपमा उनले २२ विकेट लिएर अष्ट्रेलियालाई विजेता बनाउन महत्वपूर्ण योगदान दिएका थिए ।
 
४. ट्रेन्ट बोल्ट (न्युजिल्याण्ड) 

हालसालै पाकिस्तानी पूर्व क्रिकेटर वासिम अकरमले उनलाई विश्वको सबैभन्दा राम्रो बायाँ हाते तीव्रगतिको बलर रहेको बताएका थिए । उनीसँग गतिका साथै स्विंग गर्नसक्ने क्षमता पनि छ । सन् २०१५ को विश्वकपमा पनि उनले २२ विकेट लिएका थिए । 

५. हसन अली (पाकिस्तान)

२४ वर्षीय हसन अली पाकिस्तानको नयाँ पुस्ताका महत्वपूर्ण खेलाडी हुन् । सन् २०१७ मा पाकिस्तानले विश्वकप जित्दा यी खेलाडीको भूमिका निकै महत्वपूर्ण थियो । अलीले ४४ खेलबाट ७७ विकेट लिएका छन् । उनीबाट यो विश्वकपमा महत्वपूर्ण अपेक्षा गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ